OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ११, २०७९काठमाडौं
१६९ पटक

जुम्ला : जुम्लाको सिँजा गाउँपालिकाको हिउँदेगाउँसभा गरेको छ ।गाउँपालिकाको साहान रमणीय पर्यटकीय स्थल सहितको समृद्धी हाँसिल गर्ने हाम्रो अभियान भन्ने नाराका साथ सिँजा गाउँपालिकाको ११ औँ हिउदे गाउँसभा गरेको हो । स्थानीयतहको निर्वाचन भएको ९ महिना पुग्दा साथ सिँजा गाउँपालिकाले हिउँदेगाउँसभा सकाएको छ ।

सिजागाउँपमालिकाको भौतिक विकाससँगैे जनचेतनाको कार्यक्रम संञ्चालन गर्ने पहिलो लक्ष्य रहको अध्यक्ष पुर्ण प्रसाद धितालले बताए । उनले भने,शिक्षा , स्वास्थ्यमा बिशेस प्रथामिकता राखेको छ ।सिँजा गाउँपालिकाले ९ महिना भित्र विद्यालयको अनुगमन देखि गाउपालिका आधारभुत आबश्यकताको आधारमा काम गरेको बताएको छ ।

अध्यक्ष धितालका अनुसार स्वास्थ्य क्षेत्रमा आौषधी उपलब्ध गराई कर्मचारीलाई नियमित काममा खटाइरहेको छ । महिनाको एक दिन गाउँ गाउँमा स्वास्थ्यकर्मी पुगेर विरामीको चेकजाँच गारउने कामको थालनी गरिएको छ ।

त्यस्तै गत असोज १९ गते देखि २३ गते सम्म अविरल वर्षाका करण बिपद्मा परेका बाढी प्रभावितलाई ५ लाख ५० हजार रुपैयाँ दिने गरिएको छ । बाढी पहिरोका कारण पुर्णरुपमा क्षेति भएका घर परिवारलाई बासको ब्यवस्था गर्नु पर्ने छ । कुनै ठाउँमा पनि अर्को घर छैन् बस्ने घर बत्केको छ भने , त्यस्तो व्यक्तिलाई आर्थिक राहत पालिकाले उपलब्ध गराउने भएको हो । सिजा गाउँपालिकालाई ५ वर्षको आफ्नो कार्याकायमा कर्णाली प्रदेशकै पहिलो पालिका बनाउन प्रयास गरिएको छ ।

त्यस्तै उपाध्यक्ष सितली रोकायाले सिजागाउँपालिकाले महिला बालबालिका क्षेत्रमा बिषेश खालको कार्यक्रम गर्ने बताइन । उनले भनिन पालिकालाई बालविवाह मुक्त बनाउनका लागी बिभिन्न कार्यक्रम संञ्चालन गर्ने बताइन । प्रत्येक वडा अध्यक्ष, कार्यपालिका सदस्य वडा सदस्यका बिभिन्नपार्टीका प्रतिनिधिहरुको सहभागीतामा सिजागाउँपालिकाले हिउँदेगाउसभा गरिएको हो ।

त्यस्तै नेपाली काङ्ग्रेस पार्टी प्रतिनिधि तिलाचनद्र चौलागाईंले पर्दा पालिकाले ५ वर्षमा गरेका राम्रोकामको सम्मान गर्ने बताए । उनले भने यदि पालिकाले गलत कदम चालेको खण्डमा खबरदारी गर्ने तयार रहेको बताए । सिँजा गाउँ पालिकाले मुख्य रुपमा शिक्षा र स्वास्थ्यमा जोड दिएको प्रतिवेदनमा खल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्