OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ११, २०७९सुर्खेत
२९८ पटक

११ पुस २०७९, सोमबार

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले आज दिउसो ३ः१५ बजेको समयमा प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले निर्वाचित अन्य सदस्यहरुलाई शपथ ग्रहण गराउनुभयो ।

६६ वर्षीय ज्येष्ठ सदस्य शाहलाई कर्णाली प्रदेश प्रमुख तिलक परियारले आजै शपथ ग्रहण गराउनुभएको थियो । उहाँले सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्म सभामुख भएर अध्यक्षता ग्रहण गर्नुहुने जनाइएको छ ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक÷एक र एक स्वतन्त्र गरी ४० प्रदेशसभा सदस्य रहेका छन् । ती मध्ये २४ प्रत्यक्ष् र १६ जना समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिकृया दिनुहोस्