पौष ८, २०७९

३०९ पटक

८ पुस २०७९, शुक्रबार
नेपाली काँग्रेस प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेपाली काँग्रेस प्रदेशसभा दलको विधान २०७४ को धारा ५ को उपधारा ३ बमोजिम गठित निर्वाचन समितिले दलको नेता पदका लागि प्रकाशित गरेको निर्वाचन कार्यक्रमअन्तरगत तोकिएको समय सीमाभित्र शाहीको एकल उम्मेदवारी परेको थियो । अन्य कसैको पनि उम्मेदवारी नपरेको हुँदा शाही नेपाली काँग्रेस प्रदेशसभा दलको नेतामा निविरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।
दलको नेतामा जाजरकोटबाट प्रदेशसभा (२)बाट निर्वाचित राजीवविक्रम शाहले दावी गर्दै आएको भनिएपनि उहाँकै समर्थनमा शाही दलको नेता निर्विरोध हुनुभएको थियो । उहाँ कर्णाली प्रदेश सरकारको बहालवाला मुख्यमन्त्री हुनुहुन्छ ।