OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ८, २०७९सुर्खेत
१९१ पटक

८ पुस २०७९, शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत आउँदै हुनुहुन्छ । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन गर्न बिहान ९ः०० बजे उहाँ सुर्खेत आउन लाग्नुभएको हो ।

महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हल आयोजना गरिएको केन्द्रीय साधारणसभा राष्ट्रपति भण्डारीले आज बिहान ९ः३० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको महासचिव रोसन पुरीले जानकारी दिनुभयो । बिहान ८ः०० बजे भने वीरेन्द्रनगरको मंगलगढी चोकबाट पत्रकार महासंघको केन्द्रीय साधारणसभाको अवसरमा प्रभातफेरी तथा झाँकी निकालिने उहाँले बताउनुभयो ।

महासचिव पुरीका अनुसार महासंघका ७७ जिल्ला शाखा, ३९ प्रतिष्ठान शाखा, १२ एशोसियट शाखा, १० वैदेशिक शाखा र दुई आवासीय शाखा (नेजा र एन्जा) का पदाधिकारी सदस्य गरी सात सय ५० राष्ट्रिय परिषद सदस्यको सहभागिता हुने गरी सबै पत्रकार सुर्खेत भित्रिएका छन् ।

राष्ट्रपतिले दिउसो १२ः३८ बजे मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनको सबै कार्य पुरा भएको विश्वविद्यालयका रजिष्ट्रार प्राडा. नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्