OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ५, २०७९काठमाडौं
३४७ पटक

जुम्ला, जुम्लामा वालविवाह विरुद्धको रणनितिक योजनामा जुम्लाका स्थानीय तह र सरोकारवाला निकाय विचमा अन्तरक्रिया गरिएको छ ।
स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी सहित सरोकारवाला निकायहरु सँग त्यहाँ भएका व्यवास्था र कार्यान्वयका बिषय, सरोकारवाला निकायको भूमिकामा जोड गरिएको छ ।

नेपालको कानूनमा विवाहको लागि उमेर २० बर्ष तोकिएको छ । संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको बिषयको रुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेकोछ । बाल विवाह उच्च रहेका मुलुकहरु मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ । यसबाट जुम्ला पनि अछुतो छैन । यस बिषयमा जुम्लामा पछिल्लो समय वालविवाह विरुद्धका विभिन्न अभियानहरु अगाडि बढेका छन् । आत्म सम्मानका लागि सहकार्य क्याड नेपालले पछिल्लो समय वालवविवाह विरुद्धमा परियोजनानै संचालनमा ल्याईरहेको छ ।

सोमवार जिल्लामा वालविवाह रणनिति बिषयमा सरोकावाला निकाय सँग अन्तरक्रिया गरिएको हो । यसका साथै स्थानीय तहको विकास र रणनिति योजना २०७२ बिषयमा बृहत छलफल समेत भएको छ । अन्तरक्रियामा नेपाल सरकारका पुर्व सहसचिब तथा सहजकर्ता रमेश कुमार अधिकारीले अवको विकास भौतिक विकास मात्र नभई मानवीय विकास महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।

लामो समय स्थानीय विकास अधिकारी तथा सरकारी नोकरीमा काम गरेका अधिकारीद्धारा जिल्लामा सरोकारवाला निकायलाई विकासको साझेदारी, समन्वय र दायित्वको बिषयमा सहजीकरण तथा सकारात्मक सोचका बिषयमा घनिभुत छलफल गरिएको हो ।

अन्तरक्रियामा विकासमा सरोकारवाला निकाय र मुख्य काम, स्थानीय तहमा शासन संचालन विधि, सकारात्मक कामको खोजी लगायतका बिषयमा समयमा समेत छलफल भएको छ । विकासको मुख्य २ बिषय पिपुल र प्लेस सँगै लैजाने कामलाई आजको प्रथामिकता रहेकोमा विशेष जोड दिईएको थियो । भौतिक पूर्वाधार मात्रै नभई मानवीय विकास पनि भएमा मात्रै प्रभावकारीता हुने सहजकर्ता अधिकारीको जोड थयो ।

अन्तरक्रयामा जुम्लाका बालविवाहकै कारण बहुविवाह र सम्बन्धविच्छेदका घटना बढेको जुम्लका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले बताउनुभयो । उहाँका अनुसार ,’महिला र बालवालिकाको दृष्टिबाट हेर्ने हो भने उनीहरूको अवस्था विकराल छ ।बालविवाहकै कारण किशोरीको स्वास्थ्य अवस्था कमजोर छ,उनीहरूले मानव अधिकारको प्रत्याभुति नै गर्न पाएका छैनन् ।

समुदायमा रहेका विभिन्न अभिभावक समूह, आमा समूह, उपभोक्ता समूह, किशोरी समूह, महिला समूह लगायत समाजिक अगुवाहरूको सहभागितामा बाल विवाह बिरुद्धको अभियान संचालन गर्न स्थानीय सरकार तयार रहेको सिजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले बताउनुभयो । उहाँले गाउँपालिकाले वालविवाह निर्मुल गर्ने तरिकाले काम भईरहेकोमा जोड दिनुभयो ।

गाउँमा बालविवाह हुने गरेपनि उजुरीका रूपमा मुद्दा नआउने गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख धर्माराज जोसीले जानकरी दिनुभयो । बालविवाह न्यूनीकरणका विषयमा जनप्रतिनिधि र स्थानीय सरकार सक्रिय बन्ने कनकासुन्दरी गाउपालिकाकी सदस्य रामदेवी काफ्लेले प्रतिवद्धता जनाईन ।

आत्म सम्मानका लागी सहकार्य क्याडनेपाल जुम्लाका कार्यकारी निर्देशक धनबहादुर गौतमले प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा कार्यक्षेत्र हिमा, सिंजा र कनकासुन्दरीमा गरिएको सर्वेक्षणमा ७० प्रतिशत वालविवाह भएको बताउनुभयो । उहाँले वालविवाह हाम्रो समाजको सवैभन्दा खराब कुरित भएकाले यसलाई रोक्न सवै सरोरकारवाला निकायको उत्तिकै भूमिका रहेकोमा जोड दिनुभयो ।अन्तरक्रियामा स्थानीय तहका जनप्रतिनिधि, महिला तथा वालवालिका शाखा, प्रमुख प्रशासकीय अधिकृत तथा योजना अधिकृत तथा प्रतिनिधि, जिल्ला स्थित सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्