OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ४, २०७९जुम्ला,
६२३ पटक

 

 

जुम्ला, पुष ४ गते, गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक काम काज नगर्न पत्रचार गरि निर्देशन गरेका छन् ।
गाउँपालिका अध्यक्ष बुढाले गत मंशिर २१ गते प्रशासकीय अधिकृत सिंहबहादुरको नाममा लेखेको पत्र सार्वजनिक भएको छ । गुठिचौर गाउँपालिका अध्यक्ष बुढाको हस्ताक्षरित गाउँपालिकाको पत्रमा भनिएको छ, यस गाउँपालिका अध्यक्ष दानबहादुर बुढा २०७९ मंशिर २१ गते देखी काठमाण्डौ सम्म जानुहुने भएकाले अर्को प्रशासकीय अधिकृत यस गाउँपालिकामा हाजिर नहुञ्जेल सम्म २०७९ मंशिर २१ गतेबाट कुनैपनि आर्थिक कारोवार नगर्न हुन जानकारी गराईन्छ । कुनै कारोवार भएको पाईएमा आवश्यक कारवाही गरिनेछ ।

अध्यक्षको सो पत्रपछि प्रमुख प्रशासकीय अधिकृतले आफुलाई अन्याय भएको बताउनुभएको छ । प्रशासकिय अधिकृत खत्रीले सो बिषयमा मन्त्रालयलाई पत्राचार समेत गरिएको पत्र समेत सार्वजनिक भएको छ । प्रशासकीय अधिकृत खत्रीले गाउँपालिकाकै लेटरप्याडमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंह दरवार काठमाण्डौंलाई लेखिएको पत्रमा कर्मचारीले मासिक रुपमा पाउनुपर्ने मासिक पारिश्रमिक, तलवभत्ता लगायतका अन्य सेवा सुविधा बञ्चित हुनेगरी गाउँपालिका अध्यक्षबाट लेखिएको पत्र पठाईएको र सो सम्वन्धमा आवश्यक निर्देशन गर्न अनुरोध गरिएको छ । उहाँले अध्यक्षको पत्रपछि आर्थिक कारोवार ठप्प भएको बताउनुभयो ।

अध्यक्ष बुढाले आर्थिक कारोवार नगर्न गरेको पत्राचार पछि गुठिचौर गाउँपालिकाको आर्थिक कारोवार रोकिएको छ । यस बिषयमा राम्रो नभएकोे प्रशासकीय अधिकृत सहित कर्मचारीले बताएका छन् ।

उनिहरुले विज्ञेप्ति जारी गर्दै, भनेका छन्, जनताबाट अनुमोदित भएको पदको आँडमा आफुहरुलाई अपहेलित, निरुत्साहित हुनेगरी दादागिरी देखाएको गुठिचौरका कर्मचारीले आरोप लगाएका छन् । ऐन कानुन विधि पद्धतीको धज्जी उडाउदै अध्यक्ष बुढाले कर्मचारीमाथि ज्यादतीको आरोप छ ।

कर्मचारीले संघियताले प्रत्याभुत गरेको राजनीतिक, प्रशासनिक र वित्तिय संघियताको कार्यान्वयनमै आँच पुग्नेगरी गुठिचौरका अध्यक्षले विभिन्न गतिविधि गरिरहेको बताएका छन् । कर्मचारीले मंसिर १९ र २० गते वार्षिक नीति कार्यक्रम कसरी संचालन गर्ने सम्बन्ध आयोजित बैठकको छलफलकै क्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत सिंह बहादुर खत्रीले आफ्ना कुरा राखेलगत्तै अध्यक्ष बुढा राजनीतिक भाषा शैली प्रयोग गर्दै सम्पुर्ण कर्मचारीलाई तथानाम बोलेको बताएका छन् ।

गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले प्रमुख प्रशासकिय अधिकृत सिंह बहादुर खत्रीको कार्यसम्पादन सन्तोषजनक नहुँदा एक्सनमा गएको बताउनुभयो । उहाँले “कार्यपालिका बैठकमा बोलाउँदा नआउने,अध्यक्षको निर्देशन पालना नगर्ने,सामान्य फाईल पनि अट्काएर जनतलाई दुख दिने, कर्मचारीको मोर्चा बनाउने, जनताप्रति बफादार नहुने र समग्रमा कार्यसम्पादन सन्तोषजन नदेखिएपछि बहुमत कार्यपालिका सदस्यको बैठकले हटाउने निर्णय भएको प्रतिक्रिया दिनुभयो ।”

 

प्रतिकृया दिनुहोस्