OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २, २०७९सुर्खेत
३०८ पटक

 

२ पुस २०७९, शनिबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचन’ भएको बताउनुभएको छ ।

निर्वाचन आयोग नेपालको आज देशैभर ‘प्रदेशसभा सदस्य निर्वाचन, २०७९’ को परिणमसहितको प्रतिवेदन पेश गर्न आयोजित कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो र सुदृढ बनाउने विचार व्यक्त गर्नुभयो । कर्णालीमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन व्यस्थितरुपमा सम्पन्न गरेको भन्दै आयोगलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

“यही मंसिर ४ गते कर्णालीमा स्वतन्त्र, धाँधलीरहित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको छ,” उहाँले भन्नुभयो, “यसमा निर्वाचन आयोगको भूमिका प्रभावकारी देखिएको छ । आयोगप्रति कृतज्ञता प्रकट गर्दछु ।” आगामी दिनमा पनि आयोगले आफ्नो कार्यसम्पादन अँझ बढी राम्रा बनाउने अपेक्षा रहेको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्