OnlinePana

आज : २०८१ पौष २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १, २०७९काठमाडौं
२४७ पटक

 

१ पुस २०७९, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिडाउनुपर्ने बताउनुभएको छ ।

मंसिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु गमगढी–हुम्ला चंखेली गाउँपालिकाको देउलीसम्मको ग्रामीण सडक बुझ्न मुगु पुग्नुभएका मुख्यमन्त्री शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य नितान्त आवश्यक रहेको जनाउनुभयो । जनताको चुल्हो नजिकको स्थानीय तह र आँगन नजिकको प्रदेश सरकारको समन्वय र सहकार्यबाट मात्र जनताको आवश्यकता अनुरुपको विकास हुने उहाँले बताउनुभयो ।

“हामीले यो तीन दिनसम्म मुगुका ४५ वडाध्यक्षलाई राखेर सुशासन सम्बन्धी कार्यक्रम गरेका छौं,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “त्यसमा प्रदेश सरकारले गरेका विशेष कार्यक्रमहरुका विषयमा पनि आवश्यक छलफल भएको छ ।” स्थानीय सरकारलाई साथमै लिएर मात्र प्रदेश सरकारका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउने उहाँले बताउनुभयो ।

उहाँका अनुसार नेपालकै आकर्षक पर्यटकीय गन्तव्यस्थल राराको साईकल ट्रेलको अनुगमन भएको र तत्काल काम अगाडि बढाउने निर्देशन दिइएको छ । त्यस्तै, प्रदेश सरकारअन्तरगत सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रमहरुको निरीक्षण गरिएको बताउँदै उहाँले कार्यालय प्रमुखहरुलाई बेलैमा योजना सम्पन्न गर्नेगरी काम गर्न निर्देशन दिइएको जनाउनुभयो । मुख्यमन्त्री शाहीसहित प्रमुख सचिव डा.गोपीकृष्ण खनाल, विभागीय मन्त्रालयका सचिवहरु मुगु पुगेर फर्केका छन् ।

प्रतिकृया दिनुहोस्