OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बिजकली महतारा,मंसिर २७, २०७९जुम्ला,
३०४ पटक

मंशिर २८ गते । दलित सेवा संघ जुम्लाको छैटौ जिल्ला अधिवेशन शुरु भएको छ । अधिवेशनको औपचारिक कार्यक्रम शुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी र दलित सेवा संघ जुम्लाका केन्द्रीय सदस्य मंगलाकामीले अहिले पनि दलितहरु राजनितिमा पनि ठूला पदमा जान नसकेको बिडम्वना रहेको छ । उहाँले मन्दिरमाआज पनि दलिले बनाएको मन्दिरमा दलितलाई किन पस्न नपाईने बिषय धेरै खतरा भएको जानकारी दिनुभयो ।

अन्तरजातिय विवाहमा पनि समस्या खेपिरहेकाछौ । दलितसेवा संघलाई अव वोल्ने फोरम गर्नुपर्छ । उहाँले सोति घटना हेर्दा अहिले पनि आशु आईरहेको भन्दै अव दलितका सवालमा फेरि जुरमुराउन संस्थागत रुपमा अगाडि बढ्न आवश्यक रहेको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेश कु्मार केसरीले संविधानले दलित सहित अर्थपूर्ण प्रतिनिधित्व हुदै आएको छ । उहाँले संघीयता पछि राजनितिक सहभागिता, आरक्षण सुनिश्चितता बढ्दै गएपनि अधिकार स्थापित गर्न सवै लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले प्रजिअको अध्यक्षतामा भएको समितिले जिल्लामा गर्नुपर्ने काममा जोड दिईएको बताउनुभयो ।

तिला गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष भद्रविर सार्कीले राज्यले ऐन कानुन कार्यान्वयन नभएपछि संस्थाले काम गर्नुपर्ने दिन आएका छन् । अव भने स्थानीय सरकारले दलित सवालका निति कार्यक्रममा जोड दिनुभयो ।

नेकपा एमाले जिल्ला समिति सदस्य तथा चन्दननाथ भैरवनाथ गुठीसंस्थानका सचिव जीतबहादुर महतले समावेशी सवालमा पार्टीको प्रतिवद्धता भएको भन्दै जिल्लाका सरोकारवाला सवालमा हामीले जोड दिन आवश्यक रहेको बताउनुभयो ।

दलित सेवा संघका अध्यक्ष भिमबहादुर नेपालीले आजको समयमा पनि हामी छुवाछुत र जातीय संघर्ष गर्नुपर्ने वाध्यता भएको छ । यसैले जातीय विभेद विरुद्ध सवैको सहकार्य र एक आवाज आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय लक्षित बर्गको बजेट कम प्रयोग भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले जिल्ला अधिवेशनको शुभकामना दिदै दलितका मुद्धामा लामो समय काम गर्दै आएको तर संघीयता पछि पैरवि कम भएकोमा पैरवीमा जोड दिईने बताउनुभयो । संघले यो कार्यकालको प्रगति, आर्थिक तथा सांठगनिक प्रतिवेदन समेत प्रस्तुत गरेको थियो । अधिवेशनको वन्दसत्र शुरु भएको छ, बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिकृया दिनुहोस्