OnlinePana

आज : २०८१ मंसिर १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २६, २०७९सुर्खेत
३५६ पटक

२६ मंसिर २०७९, सोमबार

कर्णाली प्रदेश सरकारको चौमासिक बैठक सुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज प्रथम चौमासिक बैठक सुरु भएको हो ।

बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम चौमासिकमा कार्यान्वयन भएको बजेट तथा कार्यक्रम र योजनाको समीक्षा गर्न थालिएको हो । चालु आव.को साउन, भदौ, असोज र कात्तिक महिनासम्म भएको बजेट खर्च तथा योजना निर्माणको अवस्था, त्यसको भौतिक तथा वित्तिय प्रगतिका बारेमा जानकारी लिन समीक्षात्मक बैठक सुरु गरिएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।

“आजको समीक्षात्मक बैठकले प्रदेश सरकारको बजेट, कार्यक्रम तथा योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी लिनेछ,” उहाँले भन्नुभयो, “यसले दोस्रो तथा अन्तिम चौमासिकसम्म प्रदे सरकारको लक्ष्य अनुसार तयार गरिएका समग्र योजनाहरुको कार्यान्वयनको प्रभावकारिता, अनुगमन तथा निरीक्षण प्रक्रिया, जनशक्ति व्यवस्थापन तथा परिचालनमा सहयोग पुर्याउनेछ ।”

उक्त बैठकका प्रदेश सरकारका विभागीय मन्त्रीहरु, प्रमुख सचिव, विभागीय सचिवहरु र महाशाखा प्रमुखहरुको सहभागिता रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्