OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

जुम्लामा महासंघका संस्थापक र अग्रज पत्रकार सम्मानित

स्वर्गिय कठायत र देवकोटाका परिवार पनि सम्मानित

विर्ख शाही ,मंसिर २५, २०७९ जुम्ला,
७१८ पटक

मंशिर २४ गते । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका संस्थापक तथा जन्मदाताहरुलाई सम्मान गरिएको छ ।
महासंंघको १९ औ साधारणसभाको अवसरमा तातोपानीको औपचारिक कार्यक्रममा अग्रज पत्रकारहरुलाई सम्मान गरिएको हो । सम्मान हुनेमा संस्थापक अध्यक्ष नरेन्द्रनाथ योगी, निर्वतमान अध्यक्ष बरमबहादुर महत, पूर्व अध्यक्ष भिम कसिंगर, निर्वतमान केन्द्रय सदस्य पूर्णप्रसाद चौलागाई, अग्रज पत्रकारहरु कर्णबहादुर भण्डारी, नवराज शाही, केवी जुम्ली रहेका छन् ।

महासंघले आफ्नो साधारणसभामा ति अग्रज तथा महासंघका संस्थापकलाई प्रमाणपत्र फुलमालाले सम्मान गरेको अध्यक्ष नेत्रबहादुर शाहीले जानकरी दिनुभयो । उहाँका अनुसार कठिन परिस्थितिमा महासंघको जन्म दिने संस्थापक सभापति योगी सहित यहाँ सम्म पुर्याउने अग्रज पत्रकारहरुलाई हौसला स्वरुप सम्मान गरिएको हो ।

सम्मानित भएपछि अग्रज पत्रकार केवी जुम्लीले महासंघले आफुहरुलाई सम्झेकोमा ख्ुशी व्यक्ति गर्नुभयो । उहाँले द्धन्द्धकालमा गरिएको जोखिम पत्रकारिता र महासंघको स्थापनाको पृष्ठभूमि समेतको स्मरण गर्दै जानकारी दिनुभयो । आफु समाचार लेखेकै कारण ९२ दिन जेलमा बसेको स्मरण गराउदै त्यो त्याग तपस्याले संघीय गणतन्त्र र परिवर्तनमा ठूलो भूमिका भएको जोड दिनुभयो ।

स्वर्गिय कठायत र देवकोटाका परिवार सम्मानित :

साधारणसभामा काठमाण्डौ पोखरा हुदै जुम्ला आउदै गरेको नेपाल एयर लाईन्सको जहाज अर्घाखाचीमा दुर्घटना परि निधन हुनु भएका महासंघका कर्णालीकै पहिलो केन्द्रीय सदस्य स्वर्गिय गौरी कठायतका परिवारलाई सम्मान गरिएको छ । स्वर्गिय कठायतकी बहिनी जगुमाया कठायतले महासंघले सम्मान गरेको प्रमाणपत्र ग्रहण गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघका संस्थापक सहसचिव स्वर्गिय पदमराज देवकोटाका परिवारलाई समेत सम्मान गरिएको छ । द्धन्द्धकालमा राज्य पक्षबाट मारिएका स्वर्गिय पत्रकार पदमराज देवकोटाका भाई उत्तम देवकोटाले साधारणसभाको अवसरमा प्रमाणपत्र ग्रहण गर्नुभएको छ ।

साधारणसभाको अवसरमा महासंघलाई जग्गा उपलब्ध गराउने तत्कालिन जिल्ला विकास तथा हालको जिल्ला समन्वय समिति, तातोपानी गाउँपालिकामा महासंघको साधारणसभा तथा मिडिया सम्मेलनमा सहयोग गर्ने तातोपानी गाउँपालिका, बिपत तथा शान्ति सुरक्षामा प्रभावकारी समन्वय तथा काम गर्र्ने जिल्ला प्रशासन कार्यालय जुम्ला, नेपाली सेना नन्दबक्स गण, शशस्त्र प्रहरी वल नम्बर ३३ गण जुम्ला, जिल्ला प्रहरी कार्यालय जुम्लालाई कदर पत्र प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस्