OnlinePana

आज : २०८१ माघ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २३, २०७९जुम्ला,
२१४ पटक

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानकै क्रममा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका –२ स्थित कर्णाली माध्यामिक विद्यालयमा २० वर्षमुनिका बालिकाहरुलाई लैंगिक हिंसा बिरुद्ध मङ्सिर २३ गते सचेतीकरण गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानवअधिकार रक्षक सञ्जाल जुम्लाको आयोजनामा बालकालिकालाई लैंगिक हिंसा बिरुद्ध वरिष्ठ अधिवक्ता देवेन्द्रराज शर्माले सचेतीकरण गर्नु भएको हो ।

वरिष्ठ अधिवक्त सर्माले बालअधिकार, घरेलु हिंसा, बालविवाह, बहुविवाह, बालिकाहरु माथि हुने यौन हिंसा र बलात्कार घटनाका बारेमा सहजीकरण गर्नुभयो । यस्ताबाट बच्ने उपाय र कानुनी उपचारका विषयमा बालिकालाई सचेतीकरण गरिएको उहाँले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले विद्यालयका पाठ्क्रमसहित अन्य ज्ञानमुलक कुरा पनि पढ्नु पर्ने र सचेत हुनु पर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले भन्नुभयो अहिलेको डिजिटल युगमा धेरै संचार माध्यामबाट जीवन उपयोगी ज्ञान लिन सकिन्छ । ज्ञान मुलक कुरालाई जीवनमा कार्यन्वयन गर्नु पर्दछ ।

पछिल्लो समयमा डिजिटल माध्यम दुरुपोग गर्ने गरिएको उहाँले बताउनु भयो । यसबाट बालकालिका सचेत हुन जरुरी छ । बालबालिका लागुपदार्थमा फस्ने गरेका छन् । यो अवस्थामा अभिभावक पनि सचेत हुन जरुरी छ । लैंगिक हिंसा बिरुद्धको चेतनामुलक कार्यक्रममा कर्णाली माध्यामिक विद्यालयका ३५ जना बालिकाको सहभागीता रहेको थियो ।

प्रतिकृया दिनुहोस्