OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमृत बुढाथोकी, बिर्ख शाही, मंसिर २२, २०७९ जुम्ला,
२७७ पटक

मंशिर २२ गते । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९ औ साधारणसभा पर्यटकीय केन्द्र तातोपानीमा सम्पन्न भएको छ । महासंघको साधारणसभाबाट पत्रकारिता क्षेत्रका मुद्दाको सवालमा जोड दिदै घोषणा पत्र समेत जारी गरिएको हो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाको साधारणसभाको अवसरमा जारी घोषणा पत्रमा पत्रकारहरुको पेशागत ग्यारेन्टी, क्षमता अभिबृद्धि, राष्ट्रिय संचारगृहमा कार्यरत पत्रकारलाई तलवीको पहल देखी तातोपानी धारा सहित जुम्लाका पर्यटकीय प्रवर्धनका बिषयमा प्रचार प्रसार गर्ने सहितका बिषयमा जोड दिईएको छ ।

घोषणापत्रमा भनिएको छ, तातोपानीमा साधारणसभा तथा मिडिया सम्मेलनले जुम्ली पत्रकारहरुको हक, हित संरक्षण तथा पेशागत सुरक्षाको पहलको थप प्रतिवद्धता, राज्य र सरोकारवाला निकाय सँग पत्रकारको सुरक्षाको ग्यारेन्टीको माग, राष्ट्रिय मिडियामा कार्यरत क्रियाशिल कर्णालीका स्टेञ्जर पत्रकारलाई तलवी बनाउन राष्ट्रिय स्तरका मिडिया हाउस सवैलाई अपिल गर्दै स्टेञ्जर प्रथाको अन्त्य गर्न साधारणसभाले जोडदार माग गरेको उल्लेख छ ।

यसका साथै दुर्गम क्षेत्रका पत्रकारहरुलाई क्षमता अभिबृद्धिका कार्यक्रममा जोड दिन तथा स्थानीय सञ्चार माध्यामको लोककल्याणकारी विज्ञापनमा दुर्गमका संचारमाध्यामलाई दोब्बर बढि सहित प्राथमिकता दिन राष्ट्रिय मिडियाको विज्ञापन स्थानीय स्तरकै मिडियामा सूचनामा जोड दिईनुपर्ने छ । यसका साथै ऐतिहासिक पर्यटकीय केन्द्र तातोपानीको पर्यटन प्रर्वधनको प्रचार प्रसारमा जोड दिदै यहाँको आवश्यक पूर्वाधार निर्माणका लागि बृहत योजना सहित बजेटको लागि नेपाल सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय सरकारलाई अपिल गरिएको छ । साधारणसभाले स्थानीय तहमा निर्माण गरिने संचार सम्वन्धी कानून निर्माणमा सहजता तथा समन्वय गरि प्रेस स्वतन्त्रताको ग्यारेन्टीमा सहयोग गर्न जुम्लाका स्थानीय तहलाई साधारणसभा माग गरिएको छ ।

साधारणसभाको उद्घाटन कार्यक्रममा स्थानीय, सरकारवाला निकाय, महासंघका साधारणसदस्य सदस्य, पत्रकारहरु गरि ३०० बढिको उपस्थिति रहेको नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जनाएको छ । उद्घाटन सत्रमा तातोपानी गाउँपालिकाले गाउँपालिकामा भएका मुख्य गतिविधि समेत सार्वजनिक गरेको छ । यसैगरी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले मिडिया तेस्रो आखा भएकाले तातोपानीको पर्यटन प्रर्वधनमा महासंघको साधारणसभा तथा मिडिया सम्मेलन ऐतिहासिक भएको बताउनुभयो । नेपाल पत्रकार महासंघका प्रदेश महासचिव खगेन्द्र भट्टराईले जुम्ला शाखाले कर्णालीमै पहिलो पटक समापन गरेकोमा धन्यवाद दिदै महासंघले प्रेसका सवाल बलियो तरिकाले उठाउने र तातोपानी पर्यटन क्षेत्रको प्रवर्धनमा यस कार्यक्रमले सघाउ पुर्याएको बताउनुभयो । महासचिव भट्टराईले प्रेस स्वतन्त्रतामा राज्यले जोड दिनु पर्ने कर्तब्य मात्रै नभई स्थायी प्रतिपक्षको रुपमा पत्रकारिता जहिले पनि भईरहेको जोड दिनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले पर्यटकीय केन्द तातोपानीको बस्तुगत अवस्था बुझ्ने र पर्यटकीय प्रवर्धन गर्ने उद्देश्यले गरिएको कार्यक्रमको महत्व धेरै भएकाले तातोपानीलाई महिला हिंसा सुरक्षाका बिषयमा पुर्वाधारमा जोड दिने बताउनुभयो । साधारणसभामा नेपाल पत्रकार महासंघ जन्माउने संस्थापक र ज्येष्ठ पत्रकारलाई सम्मान समेत गरिएको छ ।

महासंघका पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि पूर्णप्रसाद चौलागाईले कर्णालीको पत्रकारिता क्षेत्र महत्वपूर्ण कार्यक्रम गरेकोमा शुभकामना दिदै दुर्गमका पत्रकारको जीवनयापनमा राज्य गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो ।

महासंघका जिल्ला अध्यक्ष नेत्रबहादुर शाहीले २० बर्ष पत्रकारिता गर्ने तर तलवी नभई घर फर्किने बिषय देखी दुर्गमको पत्रकारिताको बिषयमा नितिगत तहमा जोड दिईनुपर्ने बताउजनुभयो । उहाँले तातोपानी सहितका जिल्लाका पर्यटन प्रवर्धनमा मिडियाको उत्तिकै भूमिका रहने भएकाले गुमनाम गिडिदहको पहिचान गर्न पत्रकार महासंघ जुम्लाको टोलीको ठूलो भूमिका रहेको बताउनु भयो ।

 

 

प्रतिकृया दिनुहोस्