OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
डिल्ली तिवारीमंसिर २०, २०७९,तातोपानी, जुम्ला,
३३१ पटक

जुम्ला । पत्रकार महासंघ जुम्लाकाे बुधबार हुने १९ ओैँ बार्षिक साधारण सभाकाे तयारी पूरा भएकाे छ । महासंघ स्थापनाकाे एतिहासमै पहिलाे पटक सदरमुकाम भन्दा बाहिर साधारण सभा हुन लागेकाे हाे ।

ताेकिएकै समय विहान ११ बजेबाट कार्यक्रम शुरु हुने पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले बताए । उनले भने,”साधारण सभाकाे सबै तयारी पूरा भईसकेकाे छ । टाढाका साधारण सदस्य ताताेपानीमा आईसकेका छन् । अन्य सदस्यहरु कार्यक्रममा उपस्थिति हुने गरि आउने छन् । कार्यक्रमलाई भव्य बनाउने तयारी छ । ”

पाहुनाहरुलाई साेमबारनै पत्रचार भईसकेकाे हुनाले कार्यक्रममा साधारण सदस्य अतिथि लगायत सबैकाे अर्थपुर्ण सहभागिता रहने अपेक्षा छ ।

पर्यटकिय क्षेत्र ताताेपानी धाराकाे पर्यटन प्रर्बद्दनका लागि साधारण सभाले टेवा पुराउने आशा छ ।

कार्यक्रमकाे तयारीका लागि पत्रकार महासंघकाे टाेली मंगलबार साँझनै ताताेपानी आईपुगेकाे छ । कार्यक्रमकाे उदघाटनका लागि आएका पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराई लगायतका अथितिहरु कार्यक्रम स्थल ताताेपानीमा पुगि सकेकाे पत्रकार महासंघ जुम्लाका सचिव मानदत्त रावलले जानकारी दिए ।

साधारण सभा संचालनका लागि ताताेपानी गाउँपालिकाकाे विशेष सहयाेग रहेकाे छ । यसका साथै महासंघका जन्मदाता पूर्वअध्यक्षहरु,अग्रज पत्रकाहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएकाे छ ।

प्रतिकृया दिनुहोस्