OnlinePana

आज : २०८२ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १९, २०७९
३०९ पटक

१९ मंसिर २०७९ सोमबार

दोलखा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का गंगा कार्की विजयी हुनुभएको छ ।

३१६ मतान्तरले कार्कीले विजयी गर्नुभउको हो । उहाँले ३६ हजार ७९९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बालकृष्ण सिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गर्नुभयो । यहाँ ८४ हजार ४ सय ४८ मत गणना गरिएको थियो। तीन हजार चार सय ७९ मत बदर भएको थियो।

यहाँ माओवादीका कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । मुख्य निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।

समानुपातिकतर्फ भने मतगणना जारी छ। समानुपातिक मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिए पनि गणना गर्ने सर्वदलीय सहमति भएकोले औपचारिक घोषणा गर्न केही समय लाग्नेछ ।अ हिले समानुपातिकको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्