OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १७, २०७९ जुम्ला,
४३७ पटक

मंशिर १७ गते । जुम्लाबाट प्रदेशसभामा नवनिर्वाचित सांसद देवेन्द्रबहादुर शाहीले ३१ औ अन्तरािष्ट्रय अपांगता दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरुको पक्षमा अभिभावक भएर लाग्ने बताउनुभएको छ ।

जुम्ला सदरमुकाम चन्दननाथ नगरपालिकामा मनाईएको ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शुभकामना दिदै कर्णाली प्रदेशसभा(क)का सांसद देवेन्द्र बहादुर शाहीले राज्यले बनाएका कानून कार्यान्वयनको कमी भएकाले कार्यान्वयनमा जोड दिने बताउनुभयो । उहाँले आफुपनि अपांगता भएका व्यत्तिको अभिभावक भएकाले सवै अपांगता भएका नागरिकलाई अभिभावकको भूमिका खेल्नेमा जोड दिनुभयो ।

अपांग् पुनस्थापन तथा विकास केन्द्रको आयोजनामा चन्दननाथ नगरपालिका र नेत्र ज्योती संघको सहयोगमा संचालित कार्यक्रममा अपाङ्ग पुर्नस्थापना केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेको अध्यक्षतामा मनाईएको दिवसमा सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले अपांगता भएका व्यक्तिको अधिकार र सेवा सुविधाको विषयमा राज्यले बनाएका कानूनको प्रयोगमा जोड दिनुभयो ।

राष्ट्रिय अपाङ्ग महासंघका नेपालका पर्व सचिव मुकुन्द दाहालले अपाङ्गता भएका व्यक्तिहरूलाई विकासको मूलधारमा ल्याउन शिक्षा, स्वास्थ्य, सुरक्षा आदिमा प्रतिनिधित्वमा समावेश गराउने वातावरण बनाउनुपर्ने कुरामा जोड दिए । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले राज्यले अपांगता सवालमा वनाएका नितिहरु मात्रै कार्यान्वयन गर्ने हो भने समस्याको सामाधान हुनेमा जोड दिनुभयो । उहाँले अपांगता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह हिड्न, डुल्न खान र वाच्न पाउने अधिकारको संरचना बनाउन सरकारले जोड दिनु भन्नुभयो ।

दिवसको अवसरमा चन्दननाथ मा.विमा अध्ययनरत बहिरा वालवालिका र जनता मा.वि महत गाउँमा संचालित बौद्धिक अपांगता भएका वालवालिकालाई न्यानो टोपी सहितको सामग्री बितरण गरिएको थियो । यसैगरी जिल्लाको पातारासी, गुठिचौर लगायत विभिन्न स्थानीय तहमा दिवश मनाईएको छ ।

चन्दननाथ नगरपालिका बाट निकालिएको याली जुम्ला बजार परिक्रमा गिर पुनः नगरपालिकाको प्राङ्गणमा आएर कार्यक्रममा परिणत भएको थियो । अपाङ्गता भएका व्यक्तिहरु हातमा प्ले कार्ड लिएर नारा लगाएर बजार परिक्रमा गरेका थिए । अपाङ्गताहरू लागि अपाङ्ग मैत्री संरचना निर्माण गर जस्ता महत्वपूर्ण नारा लेखिएका थिए । संयूक्त राष्ट्र संघको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाइन्छ । यो वर्षको नारा समावेशी विकास लागि रूपान्तरित समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सृजनशीलताको प्रावधान भन्ने थियो ।

 

प्रतिकृया दिनुहोस्