OnlinePana

आज : २०८१ पौष २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १६, २०७९सुर्खेत
२८९ पटक

१६ मंसिर २०७९, शुक्रबार

गत कात्तिक १२ गते कालिकोटको तिलागुफा नगरपालिका १० स्थित रानावाडामा भएको वम विष्फोटको घटनाको स्थलगत अध्ययन गरि प्रतिवेदन सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)लगायतको मानवअधिकारको टोली घटनास्थल पुगेर उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

तत्कालिन माओवादी र सरकारकाबीच चलेको १० वर्षे लामो सशस्त्र द्धन्द्ध अन्त्य भएको लामो समय भइसक्दापनि द्धन्द्धको अवशेष अझै बाँकी रहेको प्रतिवेदनले निस्कर्ष निकालेको छ । सशस्त्र द्धन्द्धलाई व्यवस्थापन गर्ने सन्र्दभमा बेवारिसे अवस्थामा राखिएका विस्फोटक पदार्थको निष्क्रिय नहुँदा हरेक वर्ष यस्ता घटनाहरु घट्ने गरेको प्रतिवेदनमा उल्लेख छ । ‘अहिलेपनि यस्ता घटनाबाट निर्दाेष बालवालिकाहरु पीडित हुन बाध्य हुनु विडम्वना हो’ प्रतिवेदनमा भनिएको छ, ‘यसको लागि स्थानीय प्रसासन र प्रदेश सरकारले यस विषयलाई प्राथमिकता दिएर जनताको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ ।’

बाल अधिकार सम्बन्धि महासन्धी १९८९ नेपालको संविधान र बालवालिका सम्बन्ध् िनीति २०६९ ले बालवालिकालाई प्रदा नगरिएको विशेष अधिकारको संरक्षणको जिम्मेवारी तीनै तहका सरकारले लिनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ । द्धन्द्धकालिन समयमा बढी प्रयोग गरिएका स्थानमा बेवारिसे बमहरु प्mेला पर्न सक्ने सम्भावना भएकाले देश व्यापी रुपमा खोजी गर्ने अभियान पुनः सञ्चालन गरिनुपर्ने आवश्यकता रहेको इन्सेक कर्णाली प्रदेशका प्रमुख नारायण सुवेदीले बताउनुभयो ।

उहाँले स्थान्ीय प्रशासनले घाइते घाइते बालवालिकाको समयमै उचित उपचार, राहत, उच्च शिक्षाको ग्यारेन्टी र क्षतिपुर्तिका लागि उचित कदम चाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । ‘यस्ता घटनाहरु फेरि पनि दोहोरिन सक्ने भएकाले विष्फोटक पदार्थहरु भेटिन सक्ने सम्भावित स्थलहरुमा सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्न जरुरी छ’ सुवेदीले भन्नुभयो, ‘यसको लागि तीनै तहका सरकारले जिम्मेवारी लिन जरुरी छ ।’

यता मानव अधिकार आयोग कर्णाली प्रदेशका प्रमुख लोकनाथ बास्तोलाले घटनाका पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउनु आवश्यक रहेको बताउनुहुन्छ । यसको लागि प्रक्रिया पनि अगाडी बढ्दै गरेको उहाँको भनाई छ । कात्तिक १२ गते कालिकोटको तिलागुफा नगरपालिका १० मा सकेट बम विस्फोट हुँदा दुई बालिकाको ज्यान गएको थियो भने तीन बालवालिका घाइते भएका छन् । घटनामा परि तीन वर्षिय झरना थापा र पाँच वर्षिय बालिका सरस्वती रानाको ज्यान गएको थियो । त्यसैगरी आठ वर्षिय कमल थापा, पाँच वर्षिय मुस्कान थापा र तीन वर्षिय दर्शना थापा घाइते भएका थिए ।

प्रतिकृया दिनुहोस्