OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १५, २०७९काठमाडौं
२१७ पटक

१५ मंसिर २०७९, बिहीबार

नेपाली काँग्रेसका नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा सत्ता गठबन्धन पूर्ण बहुमतमा भएको बताउनुभएको छ ।

यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनले अपेक्षाकृत सफलता हाँसिल गरेको उहाँले बताउनुभयो । रासससँग कुरा गर्दै मुख्यमन्त्री शाहीले भन्नुभयो, “जुम्लाबाहेक प्रतिनिधिसभा सदस्य १२ क्षेत्रमध्ये ११ निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनले जितेको छ । प्रदेशसभामा २४ मध्य १८ सदस्य गठबन्धन भित्रकै छन् । सरकार बनाउनका लागि हामीसँग पूर्ण बहुमत छ ।”

कर्णाली प्रदेशसभामा यो चुनावबाट नेपाली काँग्रेस पहिलो पार्टी बनेको उहाँले जनाउनुभयो । काँग्रेस पहिलो पार्टी भएकोले यो पाँच दलीय गठबन्धनमा अहिले काँग्रेस नेतृत्वमै कर्णालीमा सरकार बन्ने र पछि आलोपालोको हिसाबले माओवादीले त्यसको नेतृत्व लिने उहाँको भनाई थियो ।

हिजोदेखि बनेको सत्ता गठबन्धनलाई निरन्तरता दिइने नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो । गठबन्धनभित्रको आपसी सहमतिमा र त्यो पनि केन्द्रीय सर्कुलर अनुसार कर्णाली प्रदेश सरकार गठनका लागि बाटो खुला हुने उहाँको भनाई थियो । सहमतिमा हुने आलोपालोको सरकारमा खासै समस्या नहुने उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशसभा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्षमा नौ÷नौ सिट जितेका छन् भने नेकपा एमालेले पाँच सीट लिएको छ । एउटा स्वतन्त्र उम्मेदवारले जितेका छन् । कर्णालीमा प्रदेशमा आएको समानुपातिक मतलाई आधार मान्दा काँग्रेस र एमालेले पाँच÷पाँच, माओवादी केन्द्रले चार, एकीकृत समाजवादी र राप्रपाले एक÷एक सीट पाउने देखिएको छ ।

यसरी आएको सीट संख्यालाई हेर्दा कर्णाली प्रदेशसभामा नेपाली काँग्रेसको १४, माओवादी केन्द्रको १३, एमालेको १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रको गरी एक÷एक ४० सदस्यीय प्रदेशसभा रहनेछ । गठबन्धन दलभित्र २८ सदस्य संख्या हुने भएकोले कर्णलीमा सजिलैसँग सत्ता गठबन्धन दलको सरकार बन्ने सुनिश्चित भएको छ ।

प्रतिकृया दिनुहोस्