OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,मंसिर १३, २०७९ जुम्ला,
५८३ पटक

मङ्शिर १३ गते । जुम्लाको दुर्गम कालिका मा.वि बड्कीमा लामो समय पछि पक्कि भवन निर्माण भएपछि सहज भएको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतका दुई भवन एकैसाथ उद्घाटन गरिएको छ । विद्यालयमा कक्षाकोठा अभाव भईरहेको समयमा पक्कि भवन निर्माण भएपछि विद्यालयमा अध्यापनमा सजिलो हुनुका साथै खुशीयाली छाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर शाहीका अनुसार राष्ट्रिय योजना आयोगको सहयोगमा रु एक करोड आठ लाखको चारकोठे पक्कि भवन निर्माण भएको छ । यसैगरी राष्टिपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत २ कोठे भवन निर्माण भएको छ । नवनिर्मित भवन हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले उद्धाटन गर्नुभएको छ ।

भवन अभाव भईरहेको समयमा विद्यलायमा गुणस्तरीय भवन निर्माण भएपछि स्थानीय अभिभावक, विद्यार्थी, शिक्षक र सरोकारवाला निकायले विद्यालयको शैक्षिक गुणस्तरमा टेवा पुग्ने बताएका छन् ।

उद्घाटन कार्यक्रममा वोल्दै अध्यक्ष शाहीले गाउँपालिकाले शिक्षा क्षेत्रमा विशेष जोड दिने ल्याएको भन्दै कालिका माध्यामिक विद्यालय बड्कीलाई नमूना विद्यालय बनाउन प्रथामिकता दिने बताउनुभयो । उहाँले विद्यालयको भौतिक पूर्वाधार र जनशक्तिको बिषयमा जोड दिईनेछ ।

नेपाली कांग्रेसका प्रदेश कमिटिीका सदस्य लंकबादुर शाहीले विद्यालयको शैक्षिक सुधारमा सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यालय स्थापना गर्ने जन्मदाताहरुको सम्मानमा पनि जोड दिन आवश्यक रहेको बताउनुभयो ।

वडाध्यक्ष रतनबहादुरशाहीले ५ बर्षको कार्यकालमा हिमा गाउँपालिका वडा नम्बर १ ले शिक्षामा प्रथामिकता दिने भएकाले विद्यालयको गुणस्तरमा वडाले प्रथामिकता दिने प्रतिवद्धता दिनुभयो ।

विद्यालयका शिक्षक खम्वा शाहीले वि.सं १०१७ सालमा स्थापना भएको विद्यालयमा भौतिक पूर्वाधार देखी विभिन्न विकासमा प्रथामिकता पर्न नसकेकाले अव सवै मिलेर विद्यालयको शैक्षिक विकासमा टेवा पुग्नेगरी काम गर्न जनप्रतिनिधि, अभिभावक, शिक्षक र सरोकारवाला निकायलाई अपिल गर्नुभयो । उहाँले भौतिक पूर्वाधारमा सहयोग गर्ने निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका निर्वतमान सदस्य मिनबहादुर शाहीको पहलमा उक्त योजना योजना आयोगमा परेको विद्यालयले जनाएको छ । विद्यालयले शाहीलाई बार्षिक उत्सवमा सम्मान समेत गरेको थियो । नेपाल शिक्षक संघ जुम्लाका अध्यक्ष गजबहादुर शाहीले विद्यालयमा लगानी, शिक्षामा लगानी भविश्य भएकाले सहयोगी निकायलाई धन्यवाद दिनुभयो ।

सोही अवसरमा कालिका माध्यामिक विद्यालय बड्कीका प्रअ खड्क बहादुर शाहीको विदाई समेत गरिएको छ । सिंजा क्षेत्रकै भैरव माध्यामिक विद्यालय नराकोटबाट वि.सं २०३९ सालमा एसएलसि गर्ने एक मात्र विद्यार्थी शाहीले कालिका मा.विमा २१ बर्ष प्रधानाध्यापकको पदमा काम गर्नुभएको थियो । शिक्षक सेवामा ३९ बर्ष सेवा गरेका शाहीलाई विद्यालय परिवारलाई विदाई गरेको थियो । शाहीले आफुले लामो समय काम गरेको विद्यालयबाट विदाई भएपनि विद्यालयको शैक्षिक विकासमा जोड दिने प्रतिवद्धता जनाउनुभयो । विदाई भएर गएका शाहीलाई फुलमाला, अविर र सम्मान पत्रले सम्मान गरेर विदाई गरेको छ ।

 

प्रतिकृया दिनुहोस्