OnlinePana

आज : २०८३ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १०, २०७९
३८५ पटक

१० मंसिर २०७९, शनिबार

मुगुको प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धन दलका तर्फबाट नेपाली काँग्रेसका ऐनबहादुर शाही निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई तीन हजार ९९४ मतान्तरले पराजित पार्दै शाही निर्वाचित हुनुभएको हो ।

शाहीले १४ हजार ७०२ मत प्राप्त गर्दा कार्कीको पक्षमा १० हजार ७०८ मत ल्याउनुभयो । शाही निर्वाचित भएसँगै कर्णालीमा प्रतिनिधि तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ मतगणना कार्य सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसले र माओवादीले चार÷चार, समाजवादीले तीन र राप्रपाले एक सिट जित्दा नेकपा एमाले भने प्रतिनिधि सभामा बढारिएको छ ।

 

प्रतिकृया दिनुहोस्