OnlinePana

आज : २०८३ जेठ ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १०, २०७९काठमाडौं
४१४ पटक

१० मंसिर २०७९, शनिबार

प्रतिनिधि सभा निर्वाचन अन्तरगत हुम्लामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छिरिङ डम्डुल लामा विजयी हुनुभएको छ । उहाँले चार हजार ८२८ मतान्तरले नेकपा एमालेका दल रावललाई पराजित गर्नुभएको हो ।

लामाले १४ हजार ३७१ मत प्राप्त गर्दा नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत ल्याउनुभएको थियो । राप्रपाका तेज बहादुर रावत ३७९ मतमा सीमित भए । हुम्लामा ५२८ मत बदर भएको थियो ।

लामा छ महिना कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको थियो भने पराजित रावल कर्णाली प्रदेशको पहिलो सामाजिक विकास मन्त्री हुन्भएको थियो ।

प्रतिकृया दिनुहोस्