OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ९, २०७९जुम्ला
१४४ पटक

९ मंसिर २०७९, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः निर्वाचित हुनुभएको छ । हुम्ला प्रदेश (ख) बाट मुख्यमन्त्री शाहीले चार हजार ७७ मतान्तरले एमालेका छक्कबहादुर लामालाई पछाडि पार्दै निर्वाचित हुनुभएको हो । उहाँले सात हजार ५६ प्राप्त गर्नुभएको छ ।

शाहीका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लामाले दुई हजार ९७९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जानकारी दिएको छ । त्यस्ते,राप्रपाका नैनसिह रावतले ९८, जसपाका बलिराज शाहीले ४१ र राप्रपा नेपालका सुमन रावत २१ प्राप्त गरेको जनाइएको छ ।

पराजित लामा माओवादी भएपनि ०७४ मा लामा स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव जित्नुभएको थियो । सांसद जितिसकेपछि माओवादीमा फर्केका उहाँले एमालेमा प्रवेश गरेसँगै हुम्ला प्रदेश (२) को एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको थियाे। मुख्यमन्त्री शाही भने पुनः कर्णाली प्रदेशको मुख्यमन्त्रीको दाबेदारीका साथ प्रतिनिधिसभा छोडेर प्रदेशसभा सदस्यमा चुनाव लड्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्