OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ९, २०७९काठमाडौं
२०० पटक

९ मंसिर २०७९, शुक्रबार

मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपश्चात् माथिल्लो डोल्पामा रोकिएका सबै कर्मचारी हेलिकोप्टरबाटै सदरमुकाम दुनै ल्याइएको छ ।

जिल्ला प्रशासन तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाको करिब एक साताको प्रयासपछि उनीहरुलाई आज डोल्पा सदरमुकाम पुर्याइएको हो । यसका लागि नेपाली सेनाको हेलिकोप्टरले आज सात फ्लाईट (ट्रिप) गरेको थियो । मंसिर ४ गतेको निर्वाचनका लागि चार हजारदेखि पाँच हजार मिटरको उचाईमा रहेका १२ मतदान केन्द्रमा खटाइएका मध्ये १३९ कर्मचारीहरु रोकिएका थिए ।

उनीहरुलाई ओसार्न बिहीबार डोल्पा सदरमुकाम पुगेको नेपाली सेनाको हेलिकोप्टर मौसम प्रतिकुलताका कारण त्यसै फर्केको थियो । त्यसपछि आज हेलिकोप्टरको व्यवस्था मिलाएर माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो, छार्काताङ्साङ र डोल्पोबुद्ध गाउँपालिकाका १२ मतदान केन्द्रका कर्मचारीहरु ल्याइएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिनुभयो ।

“सुरुमा मतपेटिका संकलनमा प्राथमिकता, पछि मौसम प्रतिकुलता र प्राविधिक कारणले छिटो ल्याउन खोजिएपनि ढिला भयो,” प्रजिअ अधिकारीले भन्नुभयो, “भिजेर, साल्दाङ् कुगाउँ, धो, तिलिङलगायतका स्थानमा रहेका कर्मचारी र सुरक्षाकर्मी सबैलाई आज सकुशल सदरमुकाम डोल्पा पुर्याइएको छ ।” अत्यधिक चिसो, खान, बस्न र बिरामी हुने समस्यालाई बुझेर सरकारले अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै कर्मचारी पवित्रा बोहोराले धन्यवाद दिनुभयो ।

प्रतिकृया दिनुहोस्