OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ९, २०७९कालीकाेट
२४४ पटक

९ मंसिर २०७९, शुक्रबार

कालीकोट प्रदेश (२)बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट निर्वाचित हुनुभएको छ ।

तेस्रो पटकसम्म विभिन्न निर्वाचनमा पराजय व्यहोर्दै आउनुभएका विष्टले चौथो पटक संसदीय चुनावमा जीत हाँसिल गर्नुभएको छ । विष्टले आफ्ना निकटम प्रतिस्पर्धी वीरेन्द्र बोगटीलाई सात हजार ९४४ मतान्तरले पछि पार्दै जित्नुभएको हो ।

विष्टले १३ हजार ७८३ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका बोगटीले पाँच हजार ८३९ मत प्राप्त गर्नुभएको थियो । विसं.२०४८ सालदेखि निरन्तर निर्वाचनमा पराजय व्यहोर्दै आउनुभएका विष्ट यो पटक भने निर्वाचित हुनुभएको छ ।

उहाँले विसं.२०४८, २०५१ सालमा प्रतिनिधिसभा र २०६४ सालमा संविधानसभा सदस्यको निर्वाचनमा पराजय व्यहोर्नु परेको थियो । त्यस्तै, स्वतन्त्र उम्मेदवार लक्ष्मणबहादुर बमले दुई हजार ८७३, विपी काँग्रेसका कर्णबहादुुर विष्टले १६१, एकीकृत समाजवादीका विश्वराज बमले दुई हजार ५५१ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्