OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ९, २०७९काठमाडौं
२१२ पटक

९ मंसिर २०७९, शुक्रबार

कालीकोटमा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाही विजयी हुनुभएको छ ।

कर्णाली प्रदेशका निवर्तमानमुख्यमन्त्रीसमेत रहनुभएका शाही पुनःप्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । विसं.२०७० सालमा संविधानसभा सदस्य, २०७४ सालमा प्रदेशसभा सदस्य हुँदै मंसिंर ४ गते सम्पन्न चुनावबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको हो । शाहीले ०७० सालमा दोस्रो संविधान सभाको निर्वाचनमा एमालेका कुर्मराज शाहीलाई करिब एक हजार मतले पराजित गर्नुभएको थियो ।

२०७४ सालमा भएको निर्वाचनमा प्रदेशसभा सदस्यमा कांग्रेसका कालीबहादुर सहकारीलाई दुई हजार ८०० मतान्तरले हराएका उहाँले यस पटकको प्रतिनिधिसभा सदस्यमा एमालेका नगिन्द्र शाहीलाई आठ हजार ६४ मतान्तरले पराजित गर्नुभयो ।

शाहीले २४ हजार ४७४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले नगिन्द्र शाहीले १६ हजार ४१० मत ल्याउनुभयो । कुल मतादाता संख्या ७२ हजार ८० भएको कालीकोटमा यस पटक भने ४६ हजार ६६९ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्