OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दिलमाया शाही,मंसिर ९, २०७९ जुम्ला,
२४२ पटक

९ मंसिर २०७९ शुक्रबार

जुम्लाका आठ उद्यमीलाई सम्मान गरिएको छ । आठौं राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाले ८ जना उद्यमीलाई सम्मान गरेको हो । यो वर्षको नारा ओैद्योगिक लगानी र पुर्वाधार: सम्वृद्विको बलियो आधार भन्ने रहेको थियो ।

त्यस्तै उत्कृष्ट उद्यमीको रुपमा सम्मानित हुनेमा चन्दननाथ नगरपालिका वडा नम्बर ५ मा हिमालय गारमेन्ड उद्योग संचालन गर्दै आएकी अम्बिका श्रेष्ठ, तातोपानी गाउँपालिका वडामा नम्बर ५ मा रहेको सृष्टि एण्ड संसार फलफूल उत्पादन तथा प्रशोधन उद्योगका नारायणी चौलागाई, चन्दननाथ नगरपालिका ७ मा रहेको एपी डिस्ट्रिलरी प्रालिका प्रेम बहादुर महत रहेका छन ।

त्यस्तै नगरपालिका ६ कै आरके स्याउ प्रशोधन तथा फलफूल डिस्ट्रिलरी उद्योगका रामकृष्ण चौलागाई, नगरपालिका २ मा नवीन च्याउ उद्योग संञ्चालन गरेका लक्ष्मी बुढ्थापा, गुठिचौर गाउँपालिका ३ का सुर एण्ड सुप्पुना अर्गानिक होटलका संचालक चित्रबहादुर बुढा, गुठिचौर ४ का कमल भैंसीपालन उद्योगका धर्मदत्त न्यौपाने र चन्दननाथ नगरपालिकाकै १० का हस्तना डेरी उद्योग संञ्चालन गरेकी हस्तना न्यौपानेलाई सम्मान गरिएको हो ।

यसैगरी उनीहरुलाई कार्यक्रमका बीच ८ जना विभिन्न उद्यमीहरुलाई दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरिएको कार्यालयका निमित्त प्रमुख श्रीकृष्ण देवकोटाले बताउनुभयाे । उहाँले भन्नुभयाे  लामो समय देखि उद्योग सञ्चालन गर्दै आएकाहरुको मनोबल बढाउनका लागि सम्मान कार्यक्रम राखिएको हो ।

त्यस्तै कार्यक्रममा जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले उद्योगलाई रोजगारसंग जोड्न आवश्यक रहेको बताउनुभयाे । उहाँका अनुसार उद्योगको हकहित तथा विकासका सबै निकाय आ आफ्नो स्तरबाट लाग्नुपर्दछ । उहाले भन्नुभयाे, ”उद्योग बाच्ने आधार हो राज्यको अर्थतन्त्र मजबुत उद्योगबाट हुन्छ । उद्योगीलाई राज्यको लगानी ठूलो रहेको छ । उनले तर लगानी सहिरुपमा परिचालन नहुनु दुखद् पक्षहो । जुम्लाको उद्योगशिलताका बिकास गर्न गुनासो होइन समन्वय र सहकार्य हुन जरुरी छ।

जुम्लामा ३ हजार ९ सय १० उद्योग दर्ता : 

कार्यलय निमित्त प्रमुख श्रीकृष्ण देवकोटा अनुदानका लागि मात्रै उद्योग दर्ता हुने प्रचलन कायमै रहेको बताउनुभयाे । उहाँका अनुसार हालसम्म ३ हजार नौ सय १० उद्योग दर्ता छन्। सक्रिय २ हजार ८ सय उद्योग मात्रै रहेको पाइन्छ । त्यस्तै उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले उद्यमीहरु व्यावसायिक रुपमा अगाडि बढ्न नसकेको बताउनुभयाे। उहाँले अनुदानका लागि राज्यको लगानी पचाउने खेल खेल्नु राम्रो नभएको टिप्पणी गर्नुभयाे । अनुदानका लागि दर्ता हुने उद्योग लाई सम्बन्धित निकायले अनुगमन गरी कानूनी दायरामा ल्याउनु पर्नेमा उहाँकाे जाेड थियाे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले उद्योगले आर्थिक सम्वृद्विमा टेवा पुग्ने बताउनुभयाे। सरकारले नीति निर्माण गर्दा उद्योगीहरुका आवश्यकताका आधारमा हुनुपर्नेमा सुझाब दिनुभयाे । जुम्लाका उद्यमशीलतालाई मिडियासंग जोड्न समेत अनुरोध गर्नुभयाे । उहाँका अनुसार जुम्लामा ब्थुप्रै उद्योग दर्ता छन् तर सञ्चालनमा छैनन् ।

उद्योग दर्ता हुनु ठुलो होइन, संचालन भएको नभएको अनुगमन हुन जरुरी छ । शाहीले उद्यमीलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनु पर्नेमा जाेड दिनुभयाे । त्यस्तै उद्यमी नारायणी चौलागाईले वास्तविक उद्यमीले सरकारी अनुदान पाउन नसकेको गुनासाे पाेख्नुभयाे । उहाँले दर्ता भएर संञ्चालनमा नआएका उद्योगहरुको अनुगमन प्रभावकारी हुन नसकेको जनाउनुभयाे । कर्णाली प्रदेशले उद्योग सम्बन्धि ऐन बनाएको तर नीति नबनेका कारण यहाको आवश्यकताको आधारमा कार्यक्रम नभएको  सराेकारवालाहरुले  बताएका  छन्  । 

प्रतिकृया दिनुहोस्