OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,मंसिर ९, २०७९जुम्ला,
५०७ पटक

मंशिर ९ गते । जुम्लामा आगलागीवाट घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चन्दननाथ नगरपालिका ३ निवासी लालबहादुर खत्रीको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार चारतले १७ कोठे घर जलेर नष्ट भएको छ ।
२०७९ साल गएराति २ः३० बजे आगलागी भएको रहेछ तर प्रहरीलाई विहान ६ बजे मात्रै खबर भएको थियो । वडाध्यक्ष रतन खत्रीका अनुसार आगलागीबाट पुरै अन्न, लत्ता कपडा, भाडा कुडा र महत्वपूर्ण सामान जलेर नष्ट भएको हो ।

प्रहरीले घटनाको मुचुल्का भएको जानकारी दिएको छ । घटना पछि चन्दननाथ नगरपालिकाले वैठक बसेर रु ६० हजार तत्कालका लागि राहात दिने निर्णय गरे वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

यसैगरी घटनाको बिषयमा जिल्ला प्रशासन कार्यालयमा वैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आकस्मिक  वैठक बसेर राहातको लागि छलफल भएको छ । जिल्ला प्रशासनले नियामानुसार दिने रु २५ हजार पनि राहात उपलब्ध गराईनेछ ।

प्रतिकृया दिनुहोस्