OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ९, २०७९काठमाडौं
१८४ पटक

९ मंसिर २०७९, शुक्रबार

प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले १२ सिटमा जित दर्ता गराएको छ । यस्तै, अब ६ स्थानमा अग्रता रहेको छ । सत्ता गठबन्धनबाट ४० भन्दा बढी सिटमा उम्मेदवारी दिएको माओवादीको पक्षमा कमजोर नतिजा देखिएको हो ।

माओवादीबाट अध्यक्ष प्रचण्डसहितका नेताहरू विजयी भइसकेका छन् भने महोत्तरी १ बाट गिरिराजमणि पोखरेल, हुम्लाबाट छिरिङ डम्डुल लामा, नुवाकोट १ बाट हितबहादुर तामाङ, कालिकोटबाट महेन्द्रबहादुर शाही, बारा २ बाट शिवचन्द्र प्रसाद कुशवाहा, सर्लाही २ बाट महिन्द्र राय यादव अग्रस्थानमा रहेका छन् ।

माओवादीबाट विजयी उम्मेदवार यी हुन्

पुष्प कमल दाहाल प्रचन्ड–गोरखा २
वर्षमान पुन– रोल्पा
जनार्दन शर्मा– रुकुम पश्चिम
शक्ति बहादुर वस्नेत– जाजरकोट
राम कुमार राई– खोटाङ
अमन लाल मोदी– मोरङ ४
माधव सापकोटा– सिन्धुपाल्चोक १
सुदन किराती– भोजपुर
लेख नाथ दाहाल– सिन्धुली २
रेखा शर्मा– दाङ २
देवेन्द्र पौडेल– बाग्लुङ २
पूर्ण बहादुर घर्ती मगर– रुकुम पूर्व

साभार: राताेपाटीबाट ।

प्रतिकृया दिनुहोस्