OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ९, २०७९काठमाडाैं
२१२ पटक

९ मंसिर २०७९, शुक्रबार

रुकुमपश्चिममा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ भारी मतान्तरले विजयी हुनुभएको छ ।

बहालवाला अर्थमन्त्री शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्नुभएको हो । शर्माले ३९ हजार ५४९ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुमपश्चिमले जानकारी दिएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत ल्याएनुभएको थियो ।

शर्मा विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तारक केसीले तीन हजार ५६७ मत ल्याउनुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपककुमार मल्लले ७९६ मत प्राप्त गर्नुभएको थियो । शर्माले विसं.२०६४ यताको सबै चुनावबाट निर्वाचित हुँदै आउनुभएको छ । मंंसिर ४ गते सम्पन्न चुनावमा रुकुमपश्चिममा ६० हजार ५६२ मत खसेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्