कोरपाटी संवाददातामंसिर ९, २०७९हुम्ला

२८० पटक

९ मंसिर २०७९, शुक्रबार
हुम्ला प्रदेश (१) मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार विजयी हुनुभएको छ ।
आफ्ना निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मंगल शाहीलाई एक हजार ८५१ मतान्तरले पराजित गर्दै परियार विजयी हुनुभएको हो । परियारले छ हजार ४८१ मतसहित विजयी हुँदा शाही चार हजार ६३० मत ल्याएर पराजित हुनुभयो ।
नेकपा एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गर्नुभयो । पहिलो पटक माओवादीबाट संसदीय निर्वाचनमा भाग लिनुभएका परियार कर्णालीमा एक मात्र दलित सांसदका निर्वाचित हुनुभएको छ ।