

९ मंसिर २०७९, शुक्रबार
डोल्पा प्रदेश (२)मा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बीरबहादुर शाही निर्वाचित हुनुभएको छ ।
कर्णाली प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री समेत रहेका शाहीले पाँच हजार दुई सय ९५ मत ल्याएर निर्वाचित हुनुभएको डोल्पाका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिनुभयो । उहाँले नेकपा एमालेका धनचन्द्र बैजीलाई सात सय मतले पछि पार्दै जित हाँसिल गर्नुभएको हो ।
शाहीका निकटम् प्रतिद्वन्द्वी बैजीले चार हजार पाँच सय ९५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो । डोल्पा प्रदेश (१) मा भने एमालेका शेरबहादुर बुढाले दुई हजार दुई सय ७८ मतान्तरमा चार हजार सात ४३ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाल काँगे्रसका दीपेन्द्रबहादुर शाहीले दुई हजार चार सय ६५ मत ल्याउनुभएको थियो ।