OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ८, २०७९काठमाडौं
१९५ पटक

८ मंसिर २०७९, बिहीबार

सुर्खेत क्षेत्र नं.१ को प्रतिनिधिसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का भारी मतले विजयी हुनुभएको छ ।

खड्काले ४२ हजार छ सय सात मत प्राप्त गरी विजय हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जानकारी दिएको छ । उहाँले नेकपा एमालेका ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरमा विजय गर्नुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गर्नुभएको छ । विसं.२०७४ साल बाहेक यो निर्वाचनसहित उपसभापति खड्काले सुर्खेत क्षेत्र नं.१ बाट २०४८, २०५१, २०५६, २०७० मा प्रत्यक्ष चुनाव जितेर पाँचौं पटकसम्म सांसद भईसक्नुभएको छ ।

 

 

प्रतिकृया दिनुहोस्