OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ८, २०७९सल्यान
१३३ पटक

८ मंसिर २०७९, बिहीबार

सल्यानबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला विजयी हुनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले ३५ हजार ७०० मत ल्याएर विजयी हुनुभएको सल्यानका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ज्वालाले १५ हजार ९११ मतान्तरमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, नेकपा एमालेका उम्मेदवार राजेन्द्रवीर रायले तेस्रो १३ हजार २९ मत प्राप्त गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार एक लाख ५७ हजार ७०१ मतदाता संख्या भएको सल्यानमा मंसिर ४ गतेको निर्वाचनमा ८४ हजार ८८ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्