OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ७, २०७९जुम्ला
१४४ पटक

७ मंसिर २०७९, बुधबार

दैलेख क्षेत्र नं.२ को (क) मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका घनश्याम भण्डारी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।

नेकपा एमालेका तिलक प्रसाद रिजाललाई एक हजार ३०५ मतले फरक पार्दै भण्डारीले १० हजार ८०० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम् प्रतिद्वन्द्वी एमालेका रिजालले नौं हजार ४९५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दुल्लुले जानकारी दिएको छ । भण्डारी दुल्लु नगरपालिकाका निवर्तमान नगर प्रमुख हुनुहुन्छ ।

त्यसैगरी, राप्रपाका यज्ञबहादुर थापाले ४७८, हाम्रो नेपाली पार्टीका प्रेमबहादुर भण्डारीले ४७२, नेमकिपाका मदन भण्डारीले ३३७, स्वतन्त्र उम्मेदवारले पुरुषोत्तम रिजालले २७० मत प्राप्त गर्नुभएको थियो । उक्त क्षेत्रको प्रदेश (क) मा २२ हजार ९४२ मत खसेको निर्वाचन अधिकृतको कार्यालय दुल्लुले बताएको छ ।

 

 

 

प्रतिकृया दिनुहोस्