OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,मंसिर ७, २०७९ जुम्ला,
६०३ पटक

२०७९ मंशिर ७ गते । जुम्ला प्रदेश सभा निर्वाचनमा गठवन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही बिजय हुनु भएको छ ।
म्ुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जुम्ला (१)को कुल खसेको २४ हजार ६ सय ५५ मतको गणना सकिएको छ । जस अनुसार नेपाली कांग्रेसका वागी उम्मेदवार देवेन्द्रबहादुर शाहीले बिजय हाशिल गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतमका अनुसार शाहीले ९ हजार ६ सय ५४ मत ल्याएर बिजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत र्गौतमका अनुसार देवेन्द्रबहादुर शाहीले १ हजार ८ सय ९९ मतान्तरले बिजय हाशिल गरेका हुन् । उनका प्रतिद्धन्दि सत्ता गठवन्धनका उम्मेदवार नेपाली कांग्रेसका कर्णाली प्रदेशसभापति ललितजंग शाहीले ७ हजार ७ सय ५५ मत ल्याएका छन् ।

को हुन देवेन्द्रबहादुर शाही ?

जुम्ला प्रदेश (१) बाट निर्वाचित सांसद देवेन्द्रबहादुर शाही चन्दननाथ नगरपालिका १० वारकोटेबाडा निवासी हुन् । ६० बर्षका शाहीले जुम्लाको कर्णाली प्राविधिक शिक्षावाट प्राविधिक शिक्षा हाशिल गरेर सिटिईभिटीमा नोकरी गर्दै वि.सं २०४६ सालमा जनमोर्चामा आवद्ध थिए ।

नेपाली कांग्रेस जुम्लाका पूर्वसभापति स्वर्गिय मानव सेजुवालका स्कुले साथी भएकाले २०५६ सालमा प्रजातान्त्रिक कांग्रेसमा आवद्ध भएका थिए । शाहीले जिल्ला कोषाध्यक्ष हुदै १२ औ र १४ औ महाधिवेशनमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनु भएको छ । उनले वि.सं २०७४ सालमा बाम गठवन्धन हुदा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवारी समेत दिएका थिए ।

शाहीले बिजय पछि आफुलाई पाटीले टिकट नदिएर गरेको बिद्रोह पछि जनताले गुन लगाएका र जनताको काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।

क्याप्सन : देवेन्द्रबहादुर शाही तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्