OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,मंसिर ७, २०७९जुम्ला,
२८५ पटक

मंशिर ७ गते । जुम्ला प्रदेश (२) नेकपा एमालेका टेकराज पछाई बिजय भएका छन् । पछाई गठवन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई बिजयी हुनुभएको छ् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछाईले ७ हजार ८ सय २७ मत प्राप्त गरेर बिजयी भएको छ । पछाईले गठवन्धनका रोकायालाई एक हजार एक सय १२ मतले मतान्तर गर्दै बिजयी भएका मुख्य निर्वाचन अधिकृत कार्यालयका अधिकृत बिष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।

उनका प्रतिद्धन्द्ध्ी सत्ता गठवन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका पदमबहादुर रोकायाले ६ हजार ७ सय १५ मत प्राप्त गर्नुभएको हो ।

प्रदेश (२) मा कुल खसेको २० हजार ६ सय २८ मत थियो । जसमा नेपाली कांग्रेसका वागी स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले ४ हजार १ सय ६५ मत प्राप्त गर्नुभएको छ ।

अमृत साईन्स क्याम्पसको सभापति हुदै सांसद :

जुम्ला कनकासुन्दरी ६ निवासी पछाईको राजनितिक जीवन यात्रा विद्यार्थी जीवनबाट भएको थियो । २०५५ देखी २०५७ सम्म काठमाडौंको अमृत साईन्स क्याम्पसको सदस्य , २०५७ देखी २०६० सम्म सहसचिव हुदै २०६० देखी ०६२ र २०६२ देखी २०६५ मा स्ववियू सभापति भएका थिए । दुर्गमबाट काठमाण्डौमा विद्यार्थी राजनिति गरेका पछाई अव सासद भएका छन् ।

पछाईले पार्टीका विभिन्न संगठन हुदै नेकपाको समयमा प्रदेश कमिटि सदस्य र हाल नेकपा एमालेको प्रदेश उपसचिव पदमा हुनुहुन्छ । यसका साथै २०७९ सालको निर्वाचनमा एमालेको तर्फबाट जुम्ला प्रदेश (२) बाट उम्मेदवारी दिनुभएको थियो । पछाईले जुम्लाबाट बिजय हुने उम्मेदवारमा पहिलो खाता खोलेका छन् ।

बिजयी भएपछि प्रदेश (ख) का सांसद टेकराज पछाईले आफुलाई जनताले न्याय दिएका छन् । अव काम गर्ने अवसर मिलेको बताउनुभयो ।

क्याप्सन :जुम्ला (२) एमालेका उम्मेदवार टेकराज पछाई मुख्य निर्वाचनको परिसरमा । तस्बिर नेत्र शाही

 

प्रतिकृया दिनुहोस्