OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ७, २०७९मुगु
१४३ पटक

७ मंसिर २०७९, बुधबार

प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मंसिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ ।

भौगोलिक विकटताका कारण तीनसम्म मतपेटिका संकलन समय लागेकोले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । “मुगुमा चार स्थानीय तह मात्र भएपनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिका मात्र समयमै संकलन भयो,” उहाँले भन्नुभयो, “मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन लगाएर मतपेटिका सदरमुकाम पुर्याइएको थियो ।”

प्रमुख जिल्ला अधिकारी महतले आज बसेको सर्वदलीय बैठकबाट राजनीतिक सहमति जुटाएर बिहान ८ः३० बजेबाट मतगणना सुरु भएको बताउनुभयो । उहाँका अनुसार मुगुमा ३४ हजार ९६२ मत मध्ये २६ हजार ६१५ (७४.४९ प्रतिशत) मत खसेको छ ।

 

प्रतिकृया दिनुहोस्