कोरपाटी संवाददातामंसिर ७, २०७९सुर्खेत

२३५ पटक

७ मंसिर २०७९, बुधबार
सुर्खेत क्षेत्र नं.२ मा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता हृदयराम थानी विजयी हुनु भएको छ ।
यस क्षेत्रमा खसेको कुल ७६ हजार ३५२ मतमध्ये ३४ हजार ६२५ मत ल्याएर थानी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृतबहादुर बुढाक्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गर्नुभएको थियो । नेता थानीले बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काँग्रेस नेता थानीले यो चुनावसँगै सुर्खेत २ बाट तीन पटक संसदीय निर्वाचन जित्नुभएको छ । विसं.२०७४ को प्रतिनिधिसभामा एमालेबाट नवराज रावतबाट हार व्यहोर्नुभएको थियो । यद्यपि ०५६ को प्रतिनिधिसभा र ०७० सालको संविधानसभा चुनावमा यही क्षेत्रबाट निर्वाचित भएर सहकारी तथा गरिवी निवारण मन्त्री हुनुभएको थियो ।