OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,मंसिर ७, २०७९ जुम्ला
१९५ पटक

मंशिर ७ गते । जुम्ला प्रदेश (२) नेकपा एमालेका टेकराज पछाईले गठवन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पछाईले पछिल्लो १६ हजार २ सय ४२ मत गणना अनुसार ६ हजार नौसय ४५ मतले अग्रता लिएका छन् । सो क्षेत्रमा गठवन्धनका तर्फबाट एकिकृत समाजवादीका नेता तथा कर्णाली सरकारका भौतिक पूर्वाधार मन्त्री पदम रोकायाले ६ हजार ३८ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ ।

सो क्षेत्रमा नेपाली कांग्रेसका वागी स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले ३ हजार २ सय २० मत प्राप्त गरेका छन् । यतिवेलको गणना अनुसार ५८४ मत वदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । शुरुवाति चरणमा रोकायाले अग्रता लिएपनि अहिले पछाई अगाडि छन् ।

अव प्रदेश (२)को ४ हजार ३ सय ८६ मत गणना गर्न वाँकी रहेको छ । प्रदेश (२) मा कुल खसेको २० हजार ६ सय २८ मत मध्य १६ हजार दुई सय ४२ मत गणना भईसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्