कोरपाटी संवाददातामंसिर ६, २०७९जुम्ला
२९३ पटक
६ मंसिर २०७९, मंगलबार
दैलेख क्षेत्र नं.१ (क) प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका पूर्णबहादुर खत्री विजयी हुनुभएको छ । खत्री विजय भएपछि कर्णालीमा काँग्रेसले आफ्नो खाता खोलेको छ ।
खत्रीले खसेको १९ हजार ९९८ मतमध्ये नौ हजार ४६४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले नेकपा एमालेका धर्मराज रेग्मीलाई एक हजार ३९२ मतान्तरले पछि पार्दै विजय हाँसिल गर्नुभयो । रेग्मीले आठ हजार ७२ मत प्राप्त गर्नुभएको थियो ।
त्यस्तै, राप्रपाका उम्मेदवार हृदयराज शाहीले एक हजार ७९, नेमकिपाका जगतबहादुर वलीले ५१५ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले १९८ मत ल्याउनुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखका अनुसार ६७० मत बदर भएको छ । ३५ हजार ४९९ मतदाता भएको उक्त क्षेत्रमा १९ हजार ९९८ मत खसेको थियो ।