OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ६, २०७९जुम्ला
१४२ पटक

६ मंसिर २०७९, मंगलबार

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा कर्णाली प्रदेशमा गठबन्धन दलका उम्मेदवारहरको अग्रता देखिएको छ ।

सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वालाले दोब्बर मतले अग्रता कायम गर्नुभएको छ । उहाँले १६ हजार ४४१ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले नौ हजार १८३ मत प्राप्त गर्दा नेकपा एमालेका राजेन्द्रवीर रायले पाँच हजार ५९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।

सुर्खेत क्षेत्र नं.२ मा गठबन्धन दलका साझा उम्मेदवार कांग्रेसका हृदयराम थानीले अग्रता कायमै राख्नुभएको छ । २१ हजार ३४२ ल्याउनुभएको छ भने नेकपा एमाललेका अमृत बिसीले १६ हजार ६४५ मत प्राप्त गनुभएको छ ।

दैलेख क्षेत्र नं.१ मा गठबन्धन दलका साझा उम्मेदवार अम्मरबहादुर थापाले २२ मतले अग्रता लिनुभएको छ । उहाले छ हजार ९२३ मत प्राप्त गर्दा एमालेका रविन्द्रराज शर्माले छ हजार ९०१ मत प्राप्त गर्नुभएको छ । राप्रपाका कुन्तीकुमारी शाहीले एक हजार ५०८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले बताएको छ ।

दैलेख क्षेत्र नं.२ मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली काँग्रेसका दिक्पालकुमार शाहीले अग्रता रहेको छ । २३ हजार ३५६ मत गणना गर्दा शाहीले २० हजार ६४९ मत प्राप्त गर्नुभएका छ । यता नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेलले नौ हजार २९९ मत प्राप्त गर्नुभएको जनाइएको छ ।

जुम्लामा राप्रपा उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) शाही दोब्बर भन्दा बढी मतले अग्रता लिनुभएको छ । प्रतिनिधिसभातर्फ १४ हजार ७६९ मत गणना हुँदा राप्रपा उम्मेदवार शाहीले छ हजार ६६९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी धर्म स्वाँरले जानकारी दिनुभयो ।

गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गोमा गौतम (कुँवर)ले तीन हजार ५८२, नेकपा एमालेका रतननाथ योगीले एक हजार ८०२ र नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ४४५ मत पाउनुभएको उहाँले बताउनुभयो ।

गठबन्धन दलका साझा उम्मेदवाहरु रुकुमपश्चिममा नेकपा माओवादी केन्द्रका जनार्दन शर्मा, जाजरकोटमा शक्ति बस्नेत, कालीकोटमा महेन्द्रबहादुर शाहीले समेत सुरुवाती मतगणनादेखि अग्रता कायम गरेका छन् । मुगुमा मतगणनाको तयारी हुँदैछ भने हुम्ला र डोल्पामा मत गणना हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्