OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ५, २०७९काठमाडौं
२१५ पटक

५ मंसिर २०७९ सोमबार

जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतले अग्रता लिनुभएको छ ।

प्रतिनिधिसभातर्फ दुई हजार ७१ मत गणना हुँदा राप्रपा उम्मेदवार शाहीले एक हजार २९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी धर्म स्वाँरले जानकारी दिनुभयो ।

गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गोमा गौतम (कुँवर)ले ५२२, नेकपा एमालेका रतननाथ योगीले १०१, नेमकिपाका डिल्लीप्रसाद काफ्लेले ५३ मत पाउनुभएको उहाँले बताउनुभयो ।
गणना भएको उक्त मतसंख्यामा १० मत स्वतन्त्रमा गएको छ भने ९५ मत बदर भएको सूचना अधिकारी स्वाँरले बताउनुभयो । आइतबार सम्पन्न मतदानमा जुम्लामा ४४६१४ मत खसेको थियो ।

दैलेख–१ मा पूर्व सहकर्मीबीच टक्कर

दैलेख क्षेत्र नं.१ मा गठबन्धन दलका साझा उम्मदवार नेकपा (एकीकृत समाजवादी) अम्मरबहादुर थापा र नेकपा एमालेका रविन्द्रराज शर्माबीच कडा टक्कर भएको छ ।

सुरुमा शर्माले अग्रता लिँदा थापाले पछ्याईरहँदा एकैछिन पछि थापा अघि र शर्मा पछि हुने क्रम चलिरहेको छ । अहिले पनि दुई हजार ८५२ मत गणना हुँदा शर्माले एक हजार ३६१ मत प्राप्त गर्नुभएको छ भने । गठबन्धनका साझा उम्मेदवार थापाले एक हजार २०९ मत प्राप्त गर्नुभएको छ । राप्रपा उम्मेदवार कुन्तीकुमारी शाहीले ८१ मत पाएकी छन् ।

सल्यानमा चौब्बर मतले ज्वाला अघि

सल्यानमा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन दलका साझा उम्मेदवारी नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला चौब्बर मतले अघि हुनुहुन्छ । उहाँले दुई हजार ५१६ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह (पुतली चुनाव चिन्ह) ले १६३७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै एमालेका राजेन्द्रवीर रायले ५२१ मत प्राप्त भएको जनाइएको छ ।

सुर्खेत २ मा कांगे्रसका थानीको अग्रता कायमै

सुर्खेत क्षेत्र नं.२ मा गठबन्धन दलका साझा उम्मेदवार कांग्रेसका हृदयराम थानीले अग्रता कायमै राख्नुभएको छ । दश हजार ७९ मत गणना हुँदा थानीले पाँच हजार ११८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका अमृत बिसीले तीन हजार ६७४ मत प्राप्त गर्नुभएको छ ।

 

 

प्रतिकृया दिनुहोस्