OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ५, २०७९सुर्खेत
१६५ पटक

५ मंसिर २०७९, सोमबार

कर्णाली प्रदेशका १० जिल्लाको समग्र मतदान विवरणलाई हेर्दा औसतमा ६१ प्रतिशत मतदान भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार सिम्ता गाउँपालिका ६ सुर्खेतस्थित सिम्ता बहुमुखी क्याम्पसमा कायम मतदान केन्द्रमा रोकिएको मतदान बाहेक कर्णाली प्रदेशमा औसतमा ६१ प्रतिशत मतदान भएको हो । कर्णालीका कुनै जिल्लामा मतगणना सुरु नभएको उहाँले बताउनुभयो ।

“भौगोलिक विकटताका कारण सबै जिल्लाका मतपेटिका जिल्लामा आइपुगेका छैनन्,” प्रहरी नायब महानिरीक्षक पोखरेलले भन्नुभयो, “हुम्ला, मुगु, डोल्पा, जाजरकोटमा भोलिसम्म मतपेटिका जिल्लामा पुग्ने देखिन्छ । रुकुमपश्चिममा आज दिउसोसम्म मतपेटिका जिल्लामा आउँदैछ ।” उहाँका अनुसार कर्णालीका सुर्खेत, जुम्ला र सल्यान, दैलेख र कालीकोटमा मतगणनाका लागि सर्वदलीय बैठक बस्दैछ ।

प्रतिकृया दिनुहोस्