OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ५, २०७९काठमाडौं
१७३ पटक

५ मंसिर २०७९, सोमबार

कर्णाली प्रदेशका १० जिल्लाको मतदान कार्य सम्पन्न भएको छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीहरुका अनुसार चुनाव भयरहित, व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको हो ।

जुम्लाका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले ६५ र सल्यानका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले ५३ प्रतिशत मत खसेको बताउनुभयो । यता जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कुल मतमा ६२.८३, रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेका अनुसार ५८.०४ प्रतिशत मत खसेको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले ५७.८७, मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले ७४.४९ र डोल्पाका प्रजिअ वेदनिधि अधिकारीले ७४.९३ प्रतिशत मत खसेको बताउनुभयो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले ६२.९२ र हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियारले ७६.३७ प्रतिशत खसेको बताउनुभयो । दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार कुल मतको ५१.४४ प्रतिशत मत खसेको छ । निर्वाचन आयोग नेपालको सार्वजनिक तथ्याङ्क अनुसार हाल कर्णालीका १० जिल्ला गरेर १० लाख ८५ हजार ४०३ मतदाता संख्या रहेको छ ।

कर्णालीका सबै जिल्लामा शान्तिपूर्ण तवरमा चुनाव सम्पन्न भएको प्रजिअहरुले जनाएका छन् । दैलेख र माथिल्लो कर्णालीको विकट क्षेत्रबाट मतपेटिका आज बेलुकासम्म आइपुग्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्