

मंशिर ४ गते । जुम्लामा शान्तिपूर्ण मतदान भएको छ । जिल्लाका सवैै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सकिएको हो । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुुसार १०८ वटै मतदान केन्द्रमा मतदान सकिएको छ । प्रजिअ केसरीका अनुसार जुम्लामा ६५ प्रतिशत मत खसेको छ ।
उहाले जुम्लाको कुल मतदाता ६८ हजार छ सय ३८ मध्य ४५ हजार ६५ मत अर्थात खसेको छ । स्थानीय प्रशासनका अनुसार अव मत पेटिका रातभर मतदान स्थलबाट जिल्ला सदरमुकाममा ल्याउने काम हुनेछ ।
महिला मतदाता बढिले खसाले मत :
जु्म्लामा महिला मतदाताले बढि मतदान गरेका छन् । खसेको कुल खसेको मत मध्य २३ हजार एकसय दुई जना महिला र २१ हजार नौसय ९७ पुरुष मतदाताले मत हालेका छन् ।जुम्लामा ६८ हजार छसय ३८ मतदाता मध्य, ३२ हजार नौसय ३८ महिला र ३५ हजार ७ सय पुरुष रहेका थिए । त्यसमा महिला मतदाताहरुले बढि मत खसालेका छन् ।
मतगणना सोमवार हुने :
मत पेटीका मध्यरातसम्म ल्याएपछि भोलि अर्थात सोमवार मात्रै मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृत बिष्णु गौतमका अनुसार मत पेटिका रातभर सम्म आउने भएकाले मत गणना भोली हुने भएको छ । विहानै सवैदलिय वैठक बसालेर मत गणना गरिनेछ ।
क्याप्सन ः जुम्लाको राहादेव मा.वि. मोफ्ला र कालिका आ.वि देवारगाउमा मतदात तस्बिर नेत्र शाही जुम्ला ।