OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ४, २०७९जुम्ला
१८६ पटक

४ मंसिर २०७९, आइतबार

जिल्लाभरि आज बिहान ७ः०० बजेदेखि सुरु भएपनि जिल्ला कारागार जुम्लामा मतदान हुन सकेको छैन ।

कारगारमा रहेका १०९ जना कैदी बन्दीहरुमा १४ जना मतदाताको मात्र मतदाता परिचयपत्र मात्र आएपछि उनीहरुले विरोध गरेका कारण मतदान हुन नसकेको मतदान अधिकृत रामशंकर उपाध्यायले जानकारी दिनुभयो । “१०९ कैदी बन्दीहरुमा ४० जनाको नाम निर्वाचन आयोगमा पठाएको रहेछ,” मतदान अधिकृत उपाध्यायले भन्नुभयो, “तर हामीसँग १४ जनाको मात्र मतदाता परिचयपत्र उपलब्ध छ ।”
छलफल गरेर सहमतिको टुंगोमा जान प्रयास भइरहेको बताउँदै उहाँले एक डेढ घण्टा पछि मतदान कार्य सुरु हुने जनाउनुभयो । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले कारागार मतदान केन्द्रबाहेक जुम्लाका १०८ मतदान केन्द्रमा बिहान ७ः०० बजेदेखि शान्तिपूर्ण तरिकाले मतदान भईरहेको जनाउनुभयो ।

जिल्लाको शान्ति सुरक्षा, भयरहित र व्यवस्थित निर्वाचन प्रणालीको अवस्थाबारे नेपाली सेनाको हेलिकोप्टरबाट हवाई अनुगमन पनि भइरहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्