OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,मंसिर २, २०७९जुम्ला,
२०३ पटक

मंशिर २ गते । अविरल बर्षाले बगाएको पुल निर्माण भएपछि मतदान गर्न सजिलो हुने हुने भएको छ ।
गत असोज १९ देखी २६ गते आएको अविरल बर्षाले कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ हाटसिंजामा वडा कार्यालय, विद्यालय सहितका प्रशासनिक केन्द्र जाने हिमा नदी माथीको पुरानो काठको पुल बगाएर आवत जावत वन्द भएको थियो ।

सो क्षेत्रमा कालिका आधारभुत विद्यालय समेत भएकाले मतदान केन्द्र त्यही थियो । तर स्थानीय वडापालिकाको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिंजा प्रहरी चौकी, म्यादी प्रहरी र स्थानीयको सहयोगले एक हप्तामा ३ वटा पुल वनेर आवत जावत सहज भएको छ । यस्तै काठको पुल वनाएपछि मतदान गर्न सजिलो हुने भएको छ ।

वडापालिकाका अनुसार विशेषगरी नेपाली सेनाको टोलीले पुल निर्माण गर्न सहयोग गरेपछि कनकासुन्दरी ४ कालिका आधारभुत विद्यालयको मतदान केन्द्रमा जान सहज भएको हो ।

वडाध्यक्ष सूर्यमणी हमालका अनुसार एक हप्ता लगाएर नेपाली सेना, नेपाल प्रहरी, म्यादी प्रहरी र स्थानीयको सहयोगले ३७ मिटर लामो काठको ३ वटा पुल निर्माण भएको छ । उहाँका अनुसार सो क्षेत्रमा ४ नम्बर वडा कार्यालय, आखा अस्पताल, पशु शाखा , कृषि शाखा, स्वास्थ्य चौकीमा समेत आवत जावत सुचारु भएको छ । वडाध्यक्ष हमालका अनुसार सो पुलका लागि नदिले वगाएर ल्याएको काठ च्यात्न, खाजा खर्च वाहेक अन्य सवै नेपाली सेना, प्रहरी, म्यादी प्रहरी र स्थानीयले सहयोग गरेका छन् ।

नेपाली सेना नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार निर्वाचनमा खटिएको नेपाली सेनाका लप्टन आदित्यजंग शाहीको नेतृत्वमा खटिएको ३९ जना नेपाली सेनाको टिमले मतदान केन्द्र जाने पुल बनाउन स्वंसेवकको भूमिका गरेको छ । सो पुल बनाउन स्थानीय सरकारले १५ वटा जाली लागेको छ । यसैगरी छोटो अवधिमा पुल वनाएर सहज मतदान सहज बनाउने देखी विभिन्न कार्यालयमा जान सजिलो भएको भन्दै नेपाली सेना, प्रहरी र सहयोगीलाई वडापालिकाले टिका र दोसल्लाले सम्मान गरेको वडापालिकाले जनाएको छ । सो मतदान केन्द्रमा ५९५ जना मतदाता रहेका मतदान अधिकृत हिमालय साउथले जानकारी दिनुभयो । उहाँका अनुसार पुल लगाएपछि सो क्षेत्रमा मतदाताहरु सजिलै आउन जान सक्ने भएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्