OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १, २०७९ जुम्ला,
४८२ पटक

मंशिर १ गते । जुम्लामा मतदान केन्द्रतिर जादै गरेको कर्मचारी चढेको गाडि दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार तिला गाउँपालिका ४ स्थित रावतवाडामा ताम्ति मतदान केन्द्र तिर जादै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो । उहाँका अनुसार गाडि दुर्घटना परि ८ जना घाईते भएका छन् । घाईते भएका मध्य तीनको अवस्था गम्भिर भईरहेका र घाईतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेकोछ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका बरिष्ठ प्रशासकीय अधिकृत द्वोन्दबहादुर शाहीका अनुसार घाईते मध्य तिन जनाको अवस्था जटिल छ । जटिल घाईतेमा जुम्ला चन्दननाथ १० का अंगराज गिरी, तातोपानी ४ का आदीप्रसाद न्यौपाने र सल्यान निवासी सुरज चन्द्व छन् । उनिहरूको अहिले कर्णाली प्रतिष्ठानको ईमरजन्सी कक्षमा उपचार भईरहेकजे छ ।

प्रहरीका अनुसार निर्वाचन सामग्री भने सुरक्षित गरिएको छ । तातोपानी गाउँपालिका ७ जनजागृति मावि ताम्तिमा मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने सहितको ८ जनाको टोली खटिएको थियो । दुर्घटनामा समान्य घाईते हुनेमा मतदान अधिकृत चनानपा १० जुम्लाका हरिप्रसाद देवकोटा, कालिकोटका राजेन्द्र विष्ट, तातोपानी ५ निवासी आशा चौलागाई, धादिङ निवासी सिताराम दराई र तातातोपानी ४ का सुरेस सार्की सहित अन्य ५ जना छन् । घाईते हुनेमा तीन जना प्रहरी छन् । प्रहरी नायव निरीक्षक सिताराम दराई, प्रहरी हवल्दा सुरज चन्द्ध र प्रहरी जवान राजेन्द्र बिष्ट जिल्ला प्रहरी कार्यालय जुम्ला माताहतका चौकीमा कार्यरत रहेका छन् ।

दुर्घटना पछि घाईते अस्पताल ल्याएपछि अस्पतालमा आफन्त र सरोकारवालाको भिड बढेको थियो । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी, सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल, नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापा सहित सुरक्षा निकायका प्रमुखहरु, पूर्वमन्त्री तथा गठवन्धनका साझा उम्मेदवार गोमा गौतम कुँवर अस्पतालमा विरामीको अवस्था बुझ्न पुगेका थिए । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार ताम्ति मतदान केन्द्रमा जादै गरेको निर्वाचन टोली चढेको गाडि दुर्घटना भएको हो ।

यता मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रमा तत्काल अर्को टोली खटाईंने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृत बिष्णु गौतमका अनुसार दुःखत घटना पछि सो मतदान केन्द्रमा अर्को टोली खटाईने तयारी भएको छ ।

 

प्रतिकृया दिनुहोस्