OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पुर्ण चौलगाई ,मंसिर १, २०७९जुम्ला
३०० पटक

मंशिर १ गते,
तातोपानी गाउँपालिका ५ श्रीनगर गाउँस्थित करेन्ट लागेर एक जना मुत्यु भएको छ । सोही वडाका १९ वर्षीय राजेश रावतको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार सोलारको पोल ठड्याउदै गर्दा विधुत सँग तार जुधेर करेन्ट लागेपछि राजेश रावत गम्भिर घाईते भएका र अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
नेपाल विधुत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका यस्तो कार्य गर्न क्रममा प्राधिकरणलाई खबर गर्नु पर्ने हो । लाइन सटडाउन गर्नु पथ्र्याे । खबर नगरी काम गर्दा करेन्ट लागेको रहेछ ।

यस्तै करेन्ट लागेर सोही वडाका २८ बर्षका शंखु चौलागाई र धनवीर रावत सामान्य घाइते भएका थिए ।
घाईते धनविर रावतको उपचार पछि डिस्चार्ज भएका र चौलागाईको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारभईरहेको छ । प्रहरीका अनुसार मृतकको शव पनि अस्पतालमा पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईका अनुसार वडाको योजना अनुसार सडक उज्यालो विजुली सौर्य उर्जाको पोल गाड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । उनले भने मृतकका परिवार क्षतिपूर्ति र राहत प्रदान गर्नका लागि पालिकाले सोच बनाएको छ । योजना कार्यन्वयन गर्ने क्रममा एक जना मजदुरको मृत्यु भयो । यस विषयमा कार्यपालिकामा छलफल गरी राहतका लागि निर्णय गर्ने छौँ ।

 

प्रतिकृया दिनुहोस्