OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,मंसिर १, २०७९जुम्ला,
९७८ पटक

मंशिर १ गते । जुम्लामा मतदान केन्द्रतिर जादै गरेको कर्मचारी चढेको गाडि दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार तिला गाउँपालिका ४ स्थित रावतवाडामा तािम्त मतदान केन्द्र तिर जादै गरेको भे १ च २१८८ नम्बरको जीप दुर्घटना भएको हो । उहाँका अनुसार गाडि दुर्घटना परि घाईते भएकालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतिर ल्याईदै गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केशरीका अनुसार ताम्ति मतदान केन्द्रमा जादै गरेको निर्वाचन टोली चढेको गाडि दुर्घटना भएको हो ।
प्रजिअ केशरीका अनु्सार दुर्घटनाको प्रारम्भिक जानकारी अनुसार निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी गम्भिर घाईते भएका छन् । यसका साथै सहायक मतदान अधिकृत आदी प्रसाद न्यौपाने र एक जना प्रहरी सामान्य घाईते हुनु भएको खबर आएको छ । सवैलाई अस्पतालतिर ल्याईदै गरेको हुदा अन्यको अवस्था के छ बुझ्न वाँकी रहेको छ ।

प्रहरीका अनुसार निर्वाचन सामग्री भने सुरक्षित गरिएको छ । तातोपानी गाउँपालिका ७ जनजागृति मावि ताम्तिमा मतदान अधिकृत हरि प्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपाने सहितको ८ जनाको टोली खटिएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

वाँकी खबर आउदै……….

प्रतिकृया दिनुहोस्